२७ बैशाख २०८३, आइतबार | May 10, 2026

प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता हुँदै



काठमाडौं । आपसी तिक्तता बढिरहेका बेला नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

एमाले मुख्यालय धुम्बाराहीमा भेटवार्ता तय भएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले भेटका लागि बालुवाटारमै बोलाए पनि नेपाल त्यहाँ जान नमानेपछि पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको हो ।

ओली र नेपालबीच करिब चार महिनापछि भेट हुन लागेको हो । नेकपामा मतान्तर बढेपछि नेपालले ओलीसँग अलग्गै भेट गर्नुभएको थिएन ।

सर्वोच्च अदालतको फैसलापछि ब्यूतिएको नेकपा एमालेमा आन्तरिक रडाको मच्चिएका बेला हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

नेपाल पक्षले पार्टीलाई एकढिक्का बनाएर लैजाने हो भने ओली समूहले पछिल्लो समयमा गरेका निर्णयहरु खारेज हुुनपर्ने माग गरिरहेको छ । पार्टीलाई एकीकरणपूर्वको अवस्थामा फर्काउने हो भने नयाँ ढंगबाट छलफल हुन सक्ने यो समूहको निष्कर्ष छ ।

यसअघि प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए भने वरिष्ठ नेता नेपाल र झलनाथ खनालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : १८ बजे

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका