१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमाले विवाद : धुम्बाराहीमा ओली र माधव पक्षबीच पहिलोपटक आम्नेसाम्ने छलफल



काठमाडौं । नेकपा एमालेभित्र चर्किएको,चरम अन्तरविरोधकाबीच अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच पहिलो पटक छलफल भएको छ ।

नेपाल पक्षधर ११ स्थायी कमिटी सदस्यहरूले ओली प्रवृतिले पार्टीलाई विसर्जनतर्फ लगेको भन्दै सामुहिक विज्ञप्ति जारी गरेको भोलिपल्टै छलफल भएको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको  छलफलमा ओलीतर्फबाट उनीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन् ।

सर्वोच्च अअदालतले नेकपा खारेज गर्दै एमाले ब्युँताइदिएपछि फागुन २८ गते ओलीले आफुनिकट केन्द्रीय सदस्यहरूको भेला गरी नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए । यस्तै, विधानमा बाधा अड्काउ फुकाउ धारा प्रयोग गर्दै माओवादी केन्द्रबाट आफुलाई साथ दिएका २३ नेतालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए ।

ओलीले चैत ७ गते वालुवाटारमा विस्तारित केसको बैठक समेत बोलाएपछि नेपाल पक्षले त्यसको विरोध गर्दै चैत ४ र ५ गते कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलालाई काउन्टर गर्नेगरी ओलीले ३ गते चियापान कार्यक्रम राखेका छन् भने उनी निकट कर्णाली प्रदेश सभामा संसदीय दलका नेता यामलाल कँडेलले दलको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १२ : ३९ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन