१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले विवाद : धुम्बाराहीमा ओली र माधव पक्षबीच पहिलोपटक आम्नेसाम्ने छलफल



काठमाडौं । नेकपा एमालेभित्र चर्किएको,चरम अन्तरविरोधकाबीच अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच पहिलो पटक छलफल भएको छ ।

नेपाल पक्षधर ११ स्थायी कमिटी सदस्यहरूले ओली प्रवृतिले पार्टीलाई विसर्जनतर्फ लगेको भन्दै सामुहिक विज्ञप्ति जारी गरेको भोलिपल्टै छलफल भएको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको  छलफलमा ओलीतर्फबाट उनीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन् ।

सर्वोच्च अअदालतले नेकपा खारेज गर्दै एमाले ब्युँताइदिएपछि फागुन २८ गते ओलीले आफुनिकट केन्द्रीय सदस्यहरूको भेला गरी नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए । यस्तै, विधानमा बाधा अड्काउ फुकाउ धारा प्रयोग गर्दै माओवादी केन्द्रबाट आफुलाई साथ दिएका २३ नेतालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए ।

ओलीले चैत ७ गते वालुवाटारमा विस्तारित केसको बैठक समेत बोलाएपछि नेपाल पक्षले त्यसको विरोध गर्दै चैत ४ र ५ गते कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलालाई काउन्टर गर्नेगरी ओलीले ३ गते चियापान कार्यक्रम राखेका छन् भने उनी निकट कर्णाली प्रदेश सभामा संसदीय दलका नेता यामलाल कँडेलले दलको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १२ : ३९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्