३ पुस २०८२, बिहिबार | December 18, 2025

तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै



काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ आयोजना गर्न लागिएको छ ।
काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्नेछन् ।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यसका अतिरिक्त आइएमई फाउन्डेसनको वेभ साइट http://www.imefoundation.org/ मा पनि आवेदन फारम उपलब्ध छ । खेलाडीहरूको पूर्ण विवरण सहित भरिएका आवेदन फारमहरू यहीँ मिति २०७७ साल चैत १२ (२५ मार्च २०२१) गते विहीवारभित्र माथि उल्लेखित स्थानहरुको साथै [email protected]  मा पनि बुझाउन सकिनेछ ।

यस सम्बन्धि विस्तृत जानकारीका लागि पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ । रितपूर्वक प्राप्त हुन् आएका आवेदनहरूलाई मात्र टाई सीटमा समावेश गरिनेछ ।

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ । गत वर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिनेछ ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ४ : ०२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन