४ बैशाख २०८१, मंगलबार | April 16, 2024

ओली-नेपाल आम्नेसाम्ने वार्ता : पूर्वार्ध गुलियो, उत्तरार्ध टर्रो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्ष विहिन भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दे अघि बढाउने प्रतिवद्धता जनाएपनि आ आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिककरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पुर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरुको प्रभाव शुन्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो । सो प्रस्ताव अनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापपछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको प्रतिक्रिया दिए ।

नेपालले भने “सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पुर्व एमालेको जुन पुरानो अवस्था हाअ‍े यो अवस्थामा पार्टीको संरचना, पादधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकतावद्ध बनाउँ, आन्दोलनलाइृ पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौ भन्यौ । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन । ”

नेपाल पक्षका नेता भीम रावलले पार्टी एकतावद्ध गरेर जाने विषयमा सबैको एकमत भएपनि सर्वोच्च अदालतको फैसला पछिका क्रियाकलावहरुको प्रभाव शुन्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिए । उनले भने, “नेपाल कम्युनिष्ट पार्टी एमालेलाई कसरी एकतावद्ध गरेर लैजाने भन्ने विषयमा छलफल गरयौ । छलफलमा पार्टीलाई एकतावद्ध बनाएर अगाडि लैजानुपर्छ भन्ने हाम्रो धारणा रहेको छ भनेर हामीले स्पष्ट भन्यौ । जब सर्वोच्च अदालतले नेकपा एमाले आज भन्दा ३ बर्ष अगाडिको पुर्ववत अवस्थामा फर्कियो भनिसकेपछि हाम्रा सम्पुर्ण कामहरु त्यही स्थितिबाट सबै गतिविधिहरु र कामकारवाहीहरु अगाडि बढ्नुपर्छ भन्ने स्पष्ट छ ।”

सर्वोच्च अदालतको फैसला मान्ने हो भने फैसलापछिका सम्पुर्ण क्रियाकलापको प्रभाव शुन्य हुनुपर्ने र त्यो गर्न आफुहरु तयार रहेपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली तयार नभएको नेता रावलले बताए । ओली २८ गतेको निर्णयबाट पछि हट्न नखोजेको रावलले जनाए । रावलले भने, ‘२८ गतेको केन्द्रीय कमिटि भनिएको छ, त्यसका निर्णयहरु भनिएको छ । हामीलाई खबर नगरिएको, त्यहाँ गरिएको भनिएका निर्णय को प्रभाव पनि शुन्य हुन्छ भन्ने तथ्यगत कुराहरु राख्यौ तर त्यो कुरालाई तदनुकुल स्वीकार्ने कुरा हामीले सुन्न पाएनौ । त्यो कुरा नभएपछि हामी त्यसमा सहमत हुनै सक्तैनौ ।” उनले आफुहरु नेकपाको विधान पद्धति अनुसार भएका कामकारवाहीमा साझा रुपमा मानेर अघि बढ्न तयार भएपनि अध्यक्षले आफुले गरेका कामलाई चाही गरिहाल्ने अनि अरु कुरा मानिदिनुपर्ने भन्ने भाव देखाएकाले त्यस्तो कुरा आफुहरुलाई स्वीकार्य नहुने बताए ।

नेता घनश्याम भुसालले पार्टीको पुर्ववत अवस्थामा फर्किऔ भन्ने प्रस्तावमा कुरा नमिलेपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको जनाए । भुसालले अपेक्षाकृत बैठक नभएको र एजेण्डाका दृष्टिकोणबाट सार्थक नभएको बताए ।

अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङ्गले पार्टी एकतावद्ध गरेर जाने भन्नेमा सबैको एकमत भएपनि पछिल्ला राजनीतिक विषयमा नेताहरुबीच मतान्तर रहेको जानकारी दिए ।

त्यसैगरी महासचिव ईश्वर पोखरेलले एमालेलाई एकतावद्ध गरेर लैजाने विषयमा छलफल भएको बताए । बैठकमा भने पोखरेलले माधव पक्षलाई ह्युमिलियट गर्ने गरी बोलेका थिए । २८ गतेको निर्णयका सम्बन्धमा संचारकर्मीहरुले राखेको जिज्ञासामा पोखरेलले अर्याल होटलमा भएका कुरा, ४ र ७ गतेका कार्यक्रमको पनि कुरा आउँछ नि भन्दै नेता नेपाल पक्षले गरेको क्रियाकलापको कुरा अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : २० बजे

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका