१० चैत्र २०८२, मंगलबार | March 25, 2026

म्यानमारमा एकै दिन ५० प्रदर्शनकारीको मृत्यु, चिनियाँ लगानीका उद्योगमा आगजनी



काठमाडौं । म्यानमारमा लोकतन्त्र पुनर्स्थापनाका लागि भएको आन्दोलनमा थप ५० जनाको मृत्यु भएको छ ।

आन्दोलनकारीका नाममा हिंसात्मक सुमहले कैयौं विदेशी कम्पनीहरुमाथि आगजनी गर्न थालेपछि सेनाले कैयौं जिल्लामा सैन्य कानुन लगाएको छ । सबैभन्दा धेरै मृत्यु याङ्गुन शहरमा भएको छ । आइतबार सैन्य कु यताको सबैभन्दा रक्तपातपूर्ण दिन बनेको छ ।

याङ्गुनमा प्रदर्शनकारीहरू चिनियाँ उद्योग र कारखानाहरुमा आगजनी गरेका छन्। औद्योगिक प्रष्तिठानहरुमाथि भएको आगजनी पछि प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको थियो ।

म्यानमारस्थित चिनियाँ दूतावासले चिनियाँ उद्योग प्रतिष्ठानहरुमा भएको हिंसा र आगजनीको कडा निन्दा गर्दै हिंसामा संलग्नहरुलाई कडा कारवाही गर्न म्यानमार सरकारसँग माग गरेको छ । प्रदर्शनकारीहरुले भने सैन्य सरकारलाई चीनले समर्थन गरेको आरोप लगाएका छन् ।

गत फरवरी १ तारिकमा सेनाले सत्तापलट गरेपछि लोकतन्त्र बहालीका लागि म्यानमारमा आन्दोलन चर्किँदै गएको छ । प्रदर्शनकारीहरुले नेतृ आङ साङ सु ची लगायत गिरफ्ता सबै नेता कार्यकर्ताहरुको रिहाईको माग गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ३१ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण