९ माघ २०८२, शुक्रबार | January 23, 2026

म्यानमारमा एकै दिन ५० प्रदर्शनकारीको मृत्यु, चिनियाँ लगानीका उद्योगमा आगजनी



काठमाडौं । म्यानमारमा लोकतन्त्र पुनर्स्थापनाका लागि भएको आन्दोलनमा थप ५० जनाको मृत्यु भएको छ ।

आन्दोलनकारीका नाममा हिंसात्मक सुमहले कैयौं विदेशी कम्पनीहरुमाथि आगजनी गर्न थालेपछि सेनाले कैयौं जिल्लामा सैन्य कानुन लगाएको छ । सबैभन्दा धेरै मृत्यु याङ्गुन शहरमा भएको छ । आइतबार सैन्य कु यताको सबैभन्दा रक्तपातपूर्ण दिन बनेको छ ।

याङ्गुनमा प्रदर्शनकारीहरू चिनियाँ उद्योग र कारखानाहरुमा आगजनी गरेका छन्। औद्योगिक प्रष्तिठानहरुमाथि भएको आगजनी पछि प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको थियो ।

म्यानमारस्थित चिनियाँ दूतावासले चिनियाँ उद्योग प्रतिष्ठानहरुमा भएको हिंसा र आगजनीको कडा निन्दा गर्दै हिंसामा संलग्नहरुलाई कडा कारवाही गर्न म्यानमार सरकारसँग माग गरेको छ । प्रदर्शनकारीहरुले भने सैन्य सरकारलाई चीनले समर्थन गरेको आरोप लगाएका छन् ।

गत फरवरी १ तारिकमा सेनाले सत्तापलट गरेपछि लोकतन्त्र बहालीका लागि म्यानमारमा आन्दोलन चर्किँदै गएको छ । प्रदर्शनकारीहरुले नेतृ आङ साङ सु ची लगायत गिरफ्ता सबै नेता कार्यकर्ताहरुको रिहाईको माग गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ३१ बजे

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा