२६ असार २०८२, बिहिबार | July 10, 2025

म्यानमारमा ७ हजार कैदी रिहा



एजेन्सी । म्यानमारको सैन्य सरकारले देशको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्ने भएको राज्य प्रसारक एमआरटीभीले रिपोर्ट गरेको छ ।

जुन्ता प्रमुखले आफ्नो राष्ट्रको लागि समर्थन कायम गरेकोमा केही देशहरूको प्रशंसा गरेका छन् ।

प्रजातान्त्रिक ढंगले निर्वाचित सरकालाई करिब दुई वर्षअघिअपदस्थ गरेपछि दक्षिण पूर्वी एसियाली देशलेअन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेको छ । सरकारलाई अपदस्थ गरेपछि नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी घरमै नजरबन्दमा छिन् ।

‘म केही अन्तर्राष्ट्रिय र क्षेत्रीय देशहरू र संस्था तथा व्यक्तिहरूलाई धन्यवाद भन्न चाहन्छु जसले हामीलाई सबै दबाब, आलोचना र आक्रमणबीचमा सकारात्मक रूपमा सहयोग गरेको छ’, वरिष्ठ जनरल मिन आङ ह्लिङले म्यान्मारको ७५ औँ स्वतन्त्रता दिवसको सम्झनामा एक भाषणमा भने ।

सुकीलाई नेपितावको जेलमा राखिएको छ र सेनाले उनमाथि स्वतन्त्र अदालतबाट उचित सुनुवाई गरेको दाबी गरेको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ७ : २८ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा