८ माघ २०८१, मंगलबार | January 21, 2025

म्यानमारबाट मणिपुर आउनेको बायोमेट्रिक डाटा लिन सुरु, अवैध नागरिक पहिचान गरिने



नयाँदिल्ली । मणिपुर सरकारले म्यानमारबाट राज्यमा आउने मानिसहरूको बायोमेट्रिक डाटा लिन सुरु गरेको छ । यसको उद्देश्य मणिपुरमा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचान गर्नु हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो काम सेप्टेम्बर २०२३ सम्ममा पूरा गर्न भनिएको छ । यो काम पहिले पनि चलिरहेको थियो तर राज्यमा हिंसाका कारण रोकिएको थियो ।

गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । ५ हजार ९ सय ९५ मुद्दा दर्ता भएका छन् । ६ हजारभन्दा बढी मानिस हिरासतमा छन् । आगजनीका ५ हजारभन्दा बढी घटना भएका छन् । करिब ६० हजार मानिस घरबारविहीन भएका छन् ।

राज्यमा हिंसा रोक्न सरकारले अब घुसपैठ गर्नेहरुको पहिचान गरिरहेको छ । तर, दुई समुदायका बिचमा हिंसा बढे पछि पुनः बायोमेट्रिकको काम सुरु गरिएको हो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ४५ बजे

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ

पार्टी प्रवेश गर्नेहरुलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा

सगरमाथा संवादको घोषणा गरिँदै

सगरमाथा संवादको घोषणा गरिँदैकाठमाडौं । सरकारले आगामी जेठ पहिलो साता

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ ।