३० भदौ २०८३, मंगलबार | September 15, 2026

बर्मामा ७ विद्यार्थीलाई मृत्युदण्ड



यांगुन । म्यानमारको जुन्ता सरकारले यस साता  थप  सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । यससँगै सेनाले मृत्युदण्ड सुनाएको व्यक्तिको संख्या १३९ पुगेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघले म्यानमारको सेनाले  विरोधीलाई दमन गर्न  मृत्युदण्डलाई औजारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । सन् २०२१ को फेब्रुवरीमा आङ सान सुकीको नागरिक सरकारलाई सेनाले कु गरेपछि म्यानमारमा राजनीतिक उथलपुथल बढेको छ ।

यसै साता सेनाको एक अदालतले कम्तीमा ७ जना विश्वविद्यालयका विद्यार्थी (छात्र) लाई मृत्युदण्डको सजाय सुनाएको मानवअधिकारका लागि राष्ट्रसंघका आयुक्त भोल्कर टर्कले एक विज्ञप्तिमा बताएका छन् ।

यांगुनस्थित  विश्वविद्यालयका विद्यार्थीहरूलाई अप्रिलमा गिरफ्तार गरिएको थियो । उनीहरूमाथि बैंक गोलीबारीमा संलग्न भएको आरोप लगाइएको थियो । ‘विद्यार्थीहरूलाई मृत्युदण्ड दिनु सेनाले बदला लिने कार्य हो’ डागन विश्वविद्यालयको विद्यार्थी संघले एक विज्ञप्तिमा भन्यो।

 

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ५७ बजे

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने