१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

संसद अघि बढाउने मानसिकतामा सत्तापक्ष नभएको कांग्रेस प्रमुख सचेतक खाँडको आरोप



काठमाडौं । नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अघि बढाउने मानसिकतामा नरहेको बताएका छन् ।

सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रमुख सचेतक खाँडले सत्ता पक्ष संसदलाई गतिशिल र प्रभावकारी ढंगले अघि बढाउने पक्षमा नरहेको बताएका हुन् ।

मंगलबार संसदको बैठक बस्ने भएपनि सरकारले हालसम्म कुनैपनि बिजनेश नदिएको खाँड भनाई छ । सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनुपर्ने भएपनि ति अध्यादेशबारे समेत सरकार गम्भिर नभएको उनले बताए । खाँडले भने – ‘सत्तापक्ष सदनलाई गतिशिल गराउने र सदनलाई प्रभावकारी रुपमा अगाडी बढाउने मानसिकतामा आजको मितिसम्म छैन । उहाँहरुले बिगतमा पनि बजेट सेसनमा अस्वभाविक रुपमै अन्त्य गर्नुभयो र हिउँदे अधिवेशन बोलाउने बेलामा सदन नै बिघटन गर्नु भो । भोलिको सदनको कार्यसूचीका लागि सरकारले कुनै प्रस्ताव पेश गरेको छैन । कुनै कार्यसूची छैन ।’

मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताए । ‘सदन प्रारम्भ हुँदाखेरी सरकारले, प्रमुख प्रतिपक्षी दलले, सबै दलले सदनमा शुभकामना आदान प्रदान गर्ने हाम्रो पुरानो प्रचलन थियो, खाँडले भने, ‘भोलिको मिटिङमा सबै दलहरुले अहिलेको परिस्थितिको बारेमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुस् भन्दापनि सरकारको तर्फबाट शुभकामना मन्तव्य दिनेमा पनि अरुची रह्यो ।’

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ । मंगलबारको बैठकको कार्यसुची हालसम्म तय भइसकेका छैनन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ५९ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन