२० मंसिर २०८२, शनिबार | December 6, 2025

बर्दियाको राजापुरमा मोटरसाइकल दुर्घटना; एक जनाको मृत्यु, तीन घाइते



बर्दिया । बर्दियाको राजापुर नगरपालिका १० मा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मोटरसाइकल चालक गेरुवा गाउँपालिका ३ बस्ने ३२ वर्षीय तपेश सोडारीको मृत्यु भएको हो । राजापुर नगरपालिकाको खैरीचन्दनपुरबाट मानाउँतर्फ जाँदै गरेको भे ६ प २४०८ नम्बरको मोटर साईकल र विपरीत दिशाबाट आउँदै गरेको से ७ प ५६९३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किँदा चालक तपेश सोडारी टाउकोको भित्रि भागमा चोट लागि गम्भीर अवस्थामा घाइते भएको थिए । उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भे ६ प २४०८ र्न को मोटरसाइकल चालक मधुवन नगरपालिका ६ बस्ने रोशन पुन मगरलाई हात र खुट्टामा सामान्य चोट लागेको छ । मोटरसाइकलमा सवार रहेका मदन गुरुङ्ग, गगन अधिकारीलाई पनि सामान्य चेट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ०८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय