७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रपति भण्डारीले बोलाईन् सर्वदलीय बैठक, पूर्व प्रधानमन्त्रीहरुलाई पनि बैठकमा बोलाईयो



काठमाडौं । दलहरुकाबीच सत्ता समिकरणका बिषयमा घनिभुत छलफल चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन्।

संसदमा प्रतिनिधित्व गर्ने गरि राजनीतिक दलका अध्यक्षहरुलाई बोलाइएको सर्वदलिय बैठकमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि निम्ता पठाईएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। सो कदमको व्यापक विरोध भएको थियो।

प्रधानमन्त्रीले गरेको सिफारिशबारे अन्य राजनीतिक दल तथा सम्बन्धित विज्ञसँग परामर्श समेत नगरी तुरुन्तै अनुमोदन गरेको भनी बिभिन्न क्षेत्रबाट राष्ट्रपतिको कदमको आलोचना समेत गरिएको थियो।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको बताईएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : १४ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२