१६ असार २०८३, मंगलबार | July 1, 2026

एमालेमा वार्ताको ढोका उघ्रियो



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि सोमबार प्रत्यक्ष छलफल भएको छ । उनीहरूको छलफलले वार्ता र संवादको ढोका खुलेकाले छिट्टै सहमति हुने विश्वास नेताले गरेका छन् । यद्यपि सोमबारको छलफलमा दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहँदा सहमति भने जुट्न सकेन ।

अध्यक्ष र वरिष्ठ नेताका साथ वार्तामा खटिएका नेताले भने वार्ता सकारात्मक भएको बताएका छन् । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको करिब २ घण्टा लामो छलफलमा एमालेको एकता जोगाउने विषयमा छलफल भएको थियो । एकता जोगाएर अघि बढ्न सबै पक्ष सहमत भएका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्न नेपाल समूहका नेतासँग आग्रह गरे पनि नेपाल समूहले गत २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकपक्षीय निर्णय खारेज हुनुपर्ने सर्त अघि सारेपछि सहमति जुट्न नसकेको हो ।

परराष्ट्रमन्त्रीसमेत रहेका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल समूहलाई ४ र ५ चैतमा बोलाएको राष्ट्रिय भेला स्थगित गरेर ७ चैतको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आग्रह गरिएको बताए ।

छलफलमा सहभागी ज्ञवालीले राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकाले त्यस्ता भेला नगर्न आग्रह गरिएको बताउँदै दुवै समूहबीच खुलमखुला छलफल भएको बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ४२ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी