१६ असार २०८३, मंगलबार | July 1, 2026

अध्यक्ष ओलीको आह्वानमा एमालेको चियापान आज, माधव-झलनाथ पक्षले बहिस्कार गर्ने



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापानमा पार्टीका केन्द्रीय नेताहरु र सांसदहरुलाई बोलाइएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले ब्युँतिएपछि नेताहरुबीच अनौपचारिक भेटघाट छलफल र हार्दिकता बढाउन चियापान कार्यक्रम आयोजना गरिएको ओली पक्षले जनाएको छ ।

तर, एमालेको माधव-झलनाथ पक्षले भने चियापान बहिस्कार गर्ने भएको छ । बालुवाटारमा गुट बैठक गरेर गरेका निर्णय बदर नगरिएसम्म कुनै संवाद नहुने सो पक्षले जनाएको छ । चियापान आफुहरुले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलालाई प्रभावित गर्न आयोजना गरिएको माधव-झलनाथ पक्षको ठहर छ ।

ओली पक्षले भने चियापान कार्यक्रममा आए दुई पक्षबीच हार्दिकता बढ्ने र राम्रो एमाले बनाउन सकिने उनको विश्वास छ ।

एमाले ब्युँतिएपछि ओली पक्ष र माधव झलनाथ पक्षबीच कटुतापूर्ण सम्बन्ध बनिरहेको छ । अध्यक्ष ओलीले आफु निकट केन्द्रीय सदस्यहरुलाई उपस्थित गराएर फागुन २८ गते पार्टी केन्द्रीय कमिटीमा सदस्यहरु थप्ने र माधव-झलनाथ पक्षीय पदाधिकारीको जिम्मेवारी खोस्ने काम गरेका थिए । केन्द्रीय कमिटीमा विधान विपरित सदस्य थपेको भन्दै माधव-झलनाथ पक्षले त्यसलाई अस्वीकार गरेको छ ।

ओलीले एमालेलाई विसर्जनको बाटोमा हिँडाएको भन्दै ओली प्रवृतिविरुद्ध लड्दै पार्टीलाई जोगाउन सो पक्षले भोलि ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गर्न लागेको हो । ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुन लागेको राष्ट्रिय भेलाबारे जानकारी गराउन आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।

माधव-झलनाथ पक्षले अहिलेकै अवस्थामा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा समेत उपस्थित हुन नसक्ने बताएको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ९ : ०० बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी