६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

लाफा समुहद्धारा १२ औं रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । लाफा समुह बुटवलको आयोजनामा मंगलबार १२ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १२ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । समुहले ६/६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समुहका संरक्षक बासुदेव लामिछानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा न ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने बताए । उनले लाफा समुहले समाजमा थुपै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे ।

कार्यक्रममा लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, सदस्य पदम रानाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन सहसचिव खिम सिंजालीले गरेका थिए ।

समुहले केही दिन अगाडी मात्रै एक जना ७ वर्षिया ब्लड क्यान्सर पिडित र ३० बर्षिय मृगौला पिडितको लागी ५८ हजार ४० रुपैंया आर्थिक सहयोग गरेको थियो ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : ०२ बजे

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही