११ बैशाख २०८१, मंगलबार | April 23, 2024

लाफा समुहद्धारा १२ औं रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । लाफा समुह बुटवलको आयोजनामा मंगलबार १२ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १२ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । समुहले ६/६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समुहका संरक्षक बासुदेव लामिछानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा न ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने बताए । उनले लाफा समुहले समाजमा थुपै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे ।

कार्यक्रममा लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, सदस्य पदम रानाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन सहसचिव खिम सिंजालीले गरेका थिए ।

समुहले केही दिन अगाडी मात्रै एक जना ७ वर्षिया ब्लड क्यान्सर पिडित र ३० बर्षिय मृगौला पिडितको लागी ५८ हजार ४० रुपैंया आर्थिक सहयोग गरेको थियो ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : ०२ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा