३ आश्विन २०८३, शनिबार | September 19, 2026

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी



काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका छन ।

संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उनले समयको मागअनुसार संविधानको सम्वद्र्धन गर्नु समयोचित हुने बताए । पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष, विभिन्न समयका जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ सालमा नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन सफल भएको स्मरण गरे ।

पहाडी मुलुक-भूकम्पीय जोखिम, बाढी पहिरो, जलवायु परिवर्तनको असर हाम्रा जीवनका प्राकृतिक चुनौती भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले संविधान दिवसले प्राकृतिक विपद्को सामना गर्न एक जुट भई अघि बढ्ने सामथ्र्य प्राप्त होस् भनी कामना गरे ।

हालैको भोटेकोशी बाढीले ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै उनले हजारौँ मानिस बेपत्ता भएको घटनाले सबैलाई मर्माहत तुल्याएको बताए । “यसपटकको रसुवा बाढी अत्यधिक वर्षाको कारण नभई हिमपहिरोका कारण भएको र त्यसलाई जलवायु परिवर्तनको असर मानिन्छ”, पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन, “जोसँग जुध्ने र क्षति बेहोर्ने हामीसँगको क्षमताले पुग्दैन । त्यसैले हामीलाई जलवायु न्याय चाहिएको छ, क्षतिपूर्ति चाहिएको छ ।”

जलवायु न्यायका लागि नेपाललाई अन्तरराष्ट्रिय सहयोग अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै उनले यसका लागि संयुक्त राष्ट्रसङ्घले महत्वपूर्ण भूमिका खेलिदिनुपर्नेमा जोड दिए । उनले दीर्घकालीन रूपमा यस्ता विपत्तिको सामना गर्ने आफ्नै सामथ्र्य र क्षमता बढाउँदै जानुपर्नेमा पनि जोड दिएका छन ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ७ : ५१ बजे

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी