१३ कार्तिक २०८३, शुक्रबार | October 31, 2026

फूडमाण्डुबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने



काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित  ‘आइएमई पे‘ र फूडमाण्डुवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन ।

फूडमाण्डु र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि आइएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुबैमा शुरु गरिएको हो ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले फूडमाण्डुमा ‘आइएमई प’े को भुक्तानी सेवा संगै २५% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै फूडमाण्डुका ब्राण्ड, मार्केटिङ्ग तथा बिक्री प्रमुख श्यामरत्न मालीले फूडमाण्डुबाट खरिद गर्दा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।

सेवाग्राहीहरुले फूडमाण्डुसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै विद्युतीय भुक्तानी गरी घर अफिसमै खानेकुरा प्राप्त गर्न सक्नु हुनेछ । फूडमाण्डुको सेवा उपत्यका लगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ४३ बजे

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

नेपालगन्ज । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई