९ माघ २०८२, शुक्रबार | January 23, 2026

पहिलो एपिसोडमै विवादमा तानियो दोहोरी च्याम्पियन  : निर्णायकले नै दु:खाए प्रतियोगीको मन, सामाजिक संजालमा चर्को विरोध



बुटवल । “प्रतिस्पर्धा दोहोरीको संरक्षण संस्कृतिको “भन्ने मूल नारा बोकेर नेपाल टेलिभिजनको आफ्नै प्रस्तुतिमा लोक दोहोरी दिवशको अवसर पारेर शनिबार राती ८ :५० बजे बाट प्रशारणमा आएको नया रियालिटी शो “दोहोरी च्याम्पियन” को पहिलो एपिसोड गत साता शनिबार नेपाल टेलिभिजनका सबै शाखा र युट्युब च्यानलबाट प्रसारण भयो ।  प्रसारण भएको पहिलो एपिसोड नै निर्णायकहरुको अपरिपक्क बोल्ने शैलीका कारण पहिलो गासमै ढुंगा लागेको अनुभव भएको छ ।

प्रतियोगिताको निर्णायकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षहरु एबम लोक गायक प्रजापति पराजुली, चन्द्र शर्मा, श्रजक रमेश बि जी र लोक गायिका सिता थापा रहेका छन । कार्यक्रमको संचालन लोक गायक बद्रि पंगेनी र प्रिती आलेले संचालन गरेका छन ।

यस्तो थियो विवादको मूल जड

कार्यक्रममा प्रतियोगीको रुपमा गएका कलाकार दोहोरी प्रतियोगितामा निखारिएकी कलाकार कल्पना दाहाल र सिन्धुपाल्चोकका सज्जन रोका (प्रदिप ) को गीत गाउने पालो परेको थियो ।

उनीहरुले “चागु नारायण थान” बोलको भाकामा गीत प्रस्तुत गरेका थिए । गायिका कल्पना दाहालले नेपाल टेलिभिजनमा गीत गाउन आउदा गेटमा प्रहरीले रोकेको प्रशंग दोहोरीमा उठाएकी थिइन् । जवाफमा पुरुष कलाकारले पनि आफूले नागरिकता देखाएर भित्र पसेको दोहोरीमा प्रस्तुत गरेका थिए ।

कल्पना र सज्जन रोकाले गाउदा गाउदै बिचैमा रोकेर निर्णायक चन्द्र शर्माले हेपाह प्रबिती देखाउदै गायिका कल्पना दाहाललाई “तपाई बेलाबेलामा दोहोरी गाईराख्ने एक दुई च्यानलमा भाईरल साईरल भएको कल्पना बहिनि हैनर भनेर अपमान जनक तरिकाले प्रश्न गरेका थिए । जुन कार्यकमको २२ मिनेट देखी २५ मिनेटको बिचमा हेर्न सकिन्छ । त्यसको लगत्तै रमेश बि जी बोलि हाले “गेटमा प्रहरीले रोकेको कुरा किन भनेको सबै कुरा व्यक्त गर्न मिल्दैन तपाईहरु सच्चिनुहोस भन्दै कमेन्ट गरेका थिए ।

निर्णायकले नै निर्णायकको गरेनन सम्मान

कल्पनाको प्रसंगमा निर्णायक सीता थापा र रमेश बि जी बीच मत बाजिएको थियो । कार्यक्रम संचालक बद्रि पंगेनीले यो बिषयमा कुरा राख्दा चन्द्र शर्माले अपमान हुने किसिमले सिता थापा र प्रजापति पराजुली पुरानो जमानाको गायक र आफुहरु नया जमानाको गायक हुदा विचार नमिलेको टिप्पडी गरेका थिए । त्यस्तै अर्का निर्णायक प्रजापति पराजुलीले पनि एउटा महिला प्रतियोगीलाई कपाल र पहिरनको बिषयमा कमेन्ट गरेका थिए ।

सामाजिक सन्जालमा आउन थाल्यो विरोधका स्वर

उक्त कार्यक्रम प्रशारणमा आएपछि सामाजिक संजालमा बिरोध जनाउन थालेका छन । धेरैले जजहरुमा अत्याधिक घमण्ड पलाएको प्रतिक्रिया दिएका छन भने कोहिले सीता थापा बाहेक सबैलाई जजबाट निकाल्न पर्ने आक्रोश पनि पोखेका छन ।

केहिले चन्द्र शर्मालाई आफुहरुले चिन्दै नचिनेको पनि दिएका छन । प्रतिक्रिया यस्तै यो विवादलाई लिएर लोक गायक भगवान भण्डारी लगायत अन्य धेरै जनाले सामाजिक संजालमा आफ्नो धारणा राखेका छन ।

तर रमेश बि जी, चन्द्र शर्माले यस विवाद बारे केहि बोलेका छैनन् कार्यक्रमको डिजिटल अडिसन हुदै भौतिक अडिसन गराईएको थियो । कार्यक्रमको अर्को दोश्रो भाग शनिबार राति ८ :५० बजे नेपाल टेलिभिजनका सबै शाखाहरुबाट प्रशारण हुनेछ ।

 

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ५० बजे

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा