२३ बैशाख २०८३, बुधबार | May 6, 2026

कनकाई नगरपालिकाले नगरपालिकाले ५७ लाखमा बनायो खुला व्यायामशाला



झापा । कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ ।

बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । ‘स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत कनकाई-३ को सुरुङ्गा बजार नजिक पश्चिम बसस्टेण्डमा नगरपालिकाले सो व्यायामशाला निर्माण गरेको हो ।

व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन । कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान र खुला व्यायामशाला सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।

सो निर्माणमा नगरपालिकाको ४५ लाख र प्रदेश नं १ को सरकारको रु १२ लाख गरी कूल रु ५७ लाख खर्च भएको छ । व्यायामशालाका सामान सुरक्षित बनाउन कम्पाउड वालले घेरिएको छ । “रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा हामीले व्यायामशाला बनाएका हौँ”, नगरप्रमुख पोखरेलले भने, “बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान छैन । निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर खुला व्यायामशाला निर्माण गरेका हौँ ।”

व्यायामशालामा विभिन्न आधुनिक १२ वटा उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । झापामा स्थानीय तहले निर्माण गरेर सञ्चालनमा ल्याइएको यो पहिलो खुला व्यायामशाला हो । खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने नगरप्रमुख पोखरेलले बताए ।

उनले सुरुङ्गा ‘बन्द निषेधित क्षेत्र’ भएको हुँदा व्यायामशालामा त्यसको प्रतीक राखिने बताए । दश वर्षे जनयुद्धकालमा समेत सुरुङ्गाबासीले आफ्नो बजारलाई बन्द हुन दिएनन् । त्यसैले सुरुङ्गा बन्द निषेधित क्षेत्रको रूपमा चर्चित छ । खुला व्यायामशालामा सरसफाइ र छानाको अभाव छ । नगरपालिकाले सरसफाइ गर्ने व्यवस्था नमिलाएकामा स्थानीयवासीले गुनासो गरेका छन् । छानो नबनाइएका कारण पानी पर्दा असुविधा हुने स्थानीयवासीको भनाइ छ ।

यसैगरी झापाको बुद्धशान्ति गाउँपालिकामा आदर्श सामुदायिक वन उपभोक्ता समितिले स्थानीय पार्कमा खुला व्यायामशाला निर्माण गरेको छ । गाउँवासीले मर्निङ वाकमा जाँदा र उद्यान घुम्न आउने आन्तरिक पर्यटकले मनोञ्जनसँगै स्वास्थ्यका लागि व्यायाम गर्न सुविधा पुगोस् भन्ने उद्देश्यले सामुदायिक वनले व्यायामशाला निर्माण गरेको जनाइएको छ । रासस

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ५१ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण