७ आश्विन २०८३, बुधबार | September 23, 2026

बझाङमा जिल्ला जनगणना कार्यालय स्थापना



बझाङ । जनगणनाको तयारीका लागि बझाङमा जनगणना कार्यालय स्थापना भएको छ ।

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना २०७८ देशभर सञ्चालन हुने भएपछि जनगणना कार्यालय स्थापना भएको हो ।

जिल्लामा जनगणना २०७८ का लागि ३६० जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो । जम्मा ८४ सुपरीवेक्षक र २७६ जना गणक परिचालन हुने तथा जिल्लाको भुगोल अनुसार थप पनि हुन सक्ने जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिंह धामीले बताए ।

सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको बताए र सुपरीवेक्षकले २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् ।

गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन् । यस वर्ष जनगणनामा मुख्य प्रश्नावली ३ वटा र ३७ वटा महल सम्म प्रश्न समावेश गरिने भएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।

जिल्लामा मुख्य कार्यालय गरी ४ ठाउँमा इलाका कार्यालय स्थापना हुने भएको छ । जसमा जिल्ला जनगणना कार्यालय चैनपुर अन्र्तगत जयपृथ्वी नगरपालिका , खप्तडछान्ना , मष्टा ,छविस र सुर्मा गाउँपालिकालार्इ हेर्ने भएको छ । केदारस्युँ गाउँपालिका अन्तर्गत रहेको कार्यालयले केदारस्युँ , र्दुगाथली र थलारा गाउँपालिकालाइ हेर्ने र तलकोट गाउँपालिका अन्तर्गत रहेको जनगणना कार्यालयले तलकोट र साइपाल गाउँपालिका हेर्ने भएको छ ।

यस्तै, बुंगल नगरपालिकामा रहेको कार्यालयले बुंगल नगरपालिका र वित्थडचिर गाउँपालिका हेर्ने भएको छ । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिने भएको छ ।

त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र निमार्ण गरिने भएको छ ।

साथै २०७८ को जनगणनामा विगतको प्रश्नावली भन्दा यो जनगणनामा वडामा गएर सुपरीवेक्षकले सामुदायिक प्रश्नावली समेत सोधिने र जसमा वडा ,गाउँटोल नाम , मुख्य र गैर कृर्षि उपज, वडाको राजश्व स्रोत , जातजाती , मातृ भाषा , आर्थिक पुर्वाधार र विपदको अवस्था र वर्षभरि विपदका कारण मृत्यु भएका र वालिनाली क्षेति भएको लगाएतका प्रश्नावलीहरु समेत समेटिएको जिल्ला जनगणना अधिकारी धामीले बताए ।

जनगणनालाइ सफल बनाउनका लागि स्थानीय जनप्रतिनिधि , पत्रकार लगायत आम नागरिकको महत्वपुर्ण भुमिका रहने भएकाले यसमा सहयोग गर्नका लागि समेत सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ११ : ५७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११