१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

राष्ट्रिय जनगणना आजदेखि, राष्ट्रपति भण्डारीबाट सुरु गरिने



काठमाडौं । ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु भएको छ । मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिएका छन् । त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार ४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउने छनभने कुल ८० प्रश्न सोध्नेछन् । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग भएका छन् ।

जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत तथ्यांक संकलन नहुने भएको छ । भारतले अनुमति नदिएपछि सो क्षेत्रमा अव प्रविधिको प्रयोग गरेर अनुमानका भरमा जनसंख्या गणना गरिने भएको छ ।

यसपटकको जनगणनामा ४० हजार जना गणकले १५ दिनमा संकलन गरिसक्नुपर्नेछ । ‘यो १२ औं जनगणनाका लागी यस अगाडि नै घर परिवार सूचीकरण कार्यक्रम गरिइसकिएको छ । मुख्य गणनाको कार्य आजदेखि शुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको सुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपतिकोमा पुग्ने भएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो चरणको सूचीकरण संकलन भइसकेको र बिहीबारदेखि मूल जनगणना संकलन कार्य हुने बताए । त्यसका लागि ७७ जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेको छ । सूचीकरणमा छुटेकाहरूलाई पनि मूल जनगणनामा समेटिने उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : ०४ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम