२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेपाल पक्षको भेला विरुद्ध ओली पक्षको पहिलो निशाना कर्णाली प्रदेश सरकार, सरकारलाई दिएको समर्थन फिर्ता



सुर्खेत । नेकपा एमालेको नेपाल पक्षीय कार्यकर्ता भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारवाही गर्ने ओली पक्षको चेतावनीको पहिलो संस्करण कर्णाली प्रदेशबाट सुरु भएको छ । कर्णाली प्रदेश संसदीयदलको ओली पक्षीय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

संसदीयदलको ओली पक्षको बैठकले समर्थन फिर्ता लिएसँगै कर्णली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । बहालवाला केहि माधव पक्षीय मन्त्री र केही सांसद ओली पक्षमा जाने सहमती भएपछि ओली पक्षले हालै नियुक्ति गरेको एमाले कर्णाली प्रदेश ईन्चार्ज तथा सांसद यमलाल कंडेलको निर्देशनमा दोस्रो पटक प्रदेश सरकार गिराउने प्रयास गरिएको हो ।

भोलिबाट लागु हुने गरी समर्थन फिर्ता गरिएको र तत्काल सरकारबाट हट्न पार्टीको तर्फबाट मन्त्री बनेकाहरुलाई निर्देशन दिएको संसदीय दलका नेता यामलाल कँडेलले बताए ।

कर्णाली सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, उद्योग पर्यटन बन तथा वातावण मन्त्री नन्दसिंह बुढा, सामाजिक विकास मन्त्री दल रावल एमालेको तर्फबाट मन्त्री छन् ।

एमाले संसदीय दलको नेतामा ओली पक्षका कँडेल रहेका छन् । कर्णाली प्रदेशमा एमालेका सभामुखसहित २० जना सांसद छन् । तीमध्ये १० सांसद संसदीय दल बैठकमा सहभागी भएको कँडेलले जनाएका छन् ।

कँडेलले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्षका ९ जना सांसदहरु भने अनुपस्थित थिए । नेपाल पक्षका सांसदहरु काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएका छन् । उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय एमालेले गरेको छ ।

कँडेलले गत कात्तिकमा पनि मुख्यमन्त्री शाही विरुद्ध साविकको नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ०८ बजे

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ