२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बायर्न म्युनिक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश



काठमाडौं । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बायर्नले इटालियन क्लब लाजियोलाई प्रिक्वाटरफाइनलमा समग्रमा ६-२ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

घरेलु टिम बायर्नले लाजियोलाई च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा २-१ गोलले पराजित गर्न सफल भयो । यसअघि पहिलो लेगमा भने बायर्नले लाजियोलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम मोटिङले गोल गरे । लाजियोका मार्को पारोलोले एक गोल फर्काएका थिए । दोस्रो लेगको ३३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई १-० गोलको अग्रता दिलाए ।

७३ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गरेपछि बायर्नले २-० गोलको अग्रता बनायो । खेलको ८२ औं मिनेटमा मार्को पारोलोले गोल गर्दै लाजियोलाई २-१ गोलको स्थितिमा पुर्‍याए पनि बायर्नले खेल जित्यो ।

यो सँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनलमा बायर्नसँगै, बोरुसिया डोर्टमुन्ड, पोर्टो, पिएसजी, लिभरपुल, रियल मड्रिड, म्यानचेस्टर सिटी र चेल्सी पुगेका छन ।

युभेन्टस, सेभिया, बार्सिलोना, लाइपजिग, एटलान्टा, मोन्चेनग्लादबाख, लाजियो र एथ्लेटिको मड्रिड भने अन्तिम १६ बाटै बाहिरिएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ७ : २३ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको