६ बैशाख २०८३, आइतबार | April 19, 2026

बायर्न म्युनिक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश



काठमाडौं । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बायर्नले इटालियन क्लब लाजियोलाई प्रिक्वाटरफाइनलमा समग्रमा ६-२ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

घरेलु टिम बायर्नले लाजियोलाई च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा २-१ गोलले पराजित गर्न सफल भयो । यसअघि पहिलो लेगमा भने बायर्नले लाजियोलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम मोटिङले गोल गरे । लाजियोका मार्को पारोलोले एक गोल फर्काएका थिए । दोस्रो लेगको ३३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई १-० गोलको अग्रता दिलाए ।

७३ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गरेपछि बायर्नले २-० गोलको अग्रता बनायो । खेलको ८२ औं मिनेटमा मार्को पारोलोले गोल गर्दै लाजियोलाई २-१ गोलको स्थितिमा पुर्‍याए पनि बायर्नले खेल जित्यो ।

यो सँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनलमा बायर्नसँगै, बोरुसिया डोर्टमुन्ड, पोर्टो, पिएसजी, लिभरपुल, रियल मड्रिड, म्यानचेस्टर सिटी र चेल्सी पुगेका छन ।

युभेन्टस, सेभिया, बार्सिलोना, लाइपजिग, एटलान्टा, मोन्चेनग्लादबाख, लाजियो र एथ्लेटिको मड्रिड भने अन्तिम १६ बाटै बाहिरिएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ७ : २३ बजे

कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड

मधुवा रोगको समस्याले किसान चिन्तित

बाँके । बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

म्याग्दी । धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ

रास्वपाको सचिवालय बैठक आज, महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांगठनिक तथा संरचनागत सुधारका