काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बिहीबार संसदीय दलको बैठक बोलाएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हुन ।
दलको नियमित प्रक्रियाअनुसार नै बैठक बस्न लागेकोे एमाले सांसद विशाल भट्टराईले बताए ।
एमालेको अर्को पक्षले भने राष्ट्रिय भेला गरिरहेको छ । सानेपामा माधव नेपाल-झलनाथ खनाल पक्षको कार्यकर्ता भेला जारी छ ।
उनीहरुले संसदीय दलको बैठकमा नजाने स्पष्ट पारिसकेका छन । संसदीय दलको बैठकले उपस्थित नहुने सांसदलाई कारवाही गर्ने तयारी ओली पक्षको छ ।
प्रतिक्रिया