१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन



काठमाडौं । ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ ।

६१ वर्षका राष्ट्रपति जोनको हिजो अस्पतालमा निधन भएको त्यहाँका उपराष्ट्रपति सामिया सुलुहु हसनले पुष्टि गरेका छन ।

मुटुसम्बन्धी समस्याका कारण मागुफुली पछिल्लो दुई हप्ताभन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिएका थिएनन ।

गएको हप्ता विपक्षी दलका नेताले उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको बताएका थिए । तर, तर यसको आधिकारिक पुष्टि भने भएको छैन । कोरोना भाइरसलाई लिएर शङ्का व्यक्त गर्ने उनको कोरोनाबाट जोगिन प्रार्थना गर्ने र आयुर्वेद औषधि खाए हुने दाबी गर्दै आएका थिए ।

राष्ट्रपति मागुफुलीको निधनपछि ताञ्जनियामा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । ताञ्जनियाको संविधानअनुसार अब उपराष्ट्रपति हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिने छन । उनले राष्ट्रपति मागुफुलीको स्वास्थ्यलाई लिएर विपक्षी नेताहरुले अनावश्यक हल्ला फैलाइरहेको आरोप पनि लगाएका छन । तर, विपक्षी नेताहरुले भने राष्ट्रपति मागुफुलीको केन्याको एक कोरोना अस्पतालमा उपचार भएको दाबी गरेका बीबीसीले जनाएको छ ।

राष्ट्रपति मागुफुलीले गएको जुनमा ताञ्जनियालाई कोरोनामुक्त घोषणा गरेका थिए । उनले मास्कको प्रभावकारीताबारे शङ्का व्यक्त गरेका थिए ।

ताञ्जनियाले गएको मे महिनादेखि कोरोना भाइरसको सङ्क्रमणबारे कुनै जानकारी सार्वजनिक गरेको छैन भने कोरोनाविरुद्धको खोप खरिदका लागि पनि अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ९ : २८ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत