७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपाली सेनाको अफिसर्स क्लबकाे साउना गर्ने कोठामा आगलागी



काठमाडौं । आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ । भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयस्थित आर्मी अफिसर क्लबको साउना गर्ने कोठामा आगलागी भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

आगो केहीबेरमै नियन्त्रणमा लिइएको र सामान्य भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको नेपाली सेनाले जनाएको छ । बिजुली सर्ट भएर आगो लागेको बताइएको छ ।

आगो निभाउन सेनाकै एउटा दमकल र दुईवटा पानी ट्यांकर, काठमाडौं महानगरका दुईवटा दमकल प्रयोग गरिएको थियो । नेपाली सेनाका डेढ सय भन्दा बढी सैनिक पनि आगलागी निभाउन जुटेका थिए ।

जंगी अड्डामै आगो लागेको भन्दै व्यापक हल्ला चले पनि एउटा सानो कोठामा मात्र आगो लागेको, हल्ला चलेजस्तो केही नभएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ४ : ४७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल