२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नेपाली सेनाको अफिसर्स क्लबकाे साउना गर्ने कोठामा आगलागी



काठमाडौं । आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ । भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयस्थित आर्मी अफिसर क्लबको साउना गर्ने कोठामा आगलागी भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

आगो केहीबेरमै नियन्त्रणमा लिइएको र सामान्य भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको नेपाली सेनाले जनाएको छ । बिजुली सर्ट भएर आगो लागेको बताइएको छ ।

आगो निभाउन सेनाकै एउटा दमकल र दुईवटा पानी ट्यांकर, काठमाडौं महानगरका दुईवटा दमकल प्रयोग गरिएको थियो । नेपाली सेनाका डेढ सय भन्दा बढी सैनिक पनि आगलागी निभाउन जुटेका थिए ।

जंगी अड्डामै आगो लागेको भन्दै व्यापक हल्ला चले पनि एउटा सानो कोठामा मात्र आगो लागेको, हल्ला चलेजस्तो केही नभएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ४ : ४७ बजे

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ