१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कहाँ हराउँछन बालबालिका ?



काठमाडौं । पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन । साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ । ९ सय ९५ जना भेटिएका छैनन । यो अवधिमा १ हजार ५ सय ६३ बालिका र ४ सय २५ बालक हराएका थिए ।

२ सय २१ बालक र ७ सय ७२ बालिका खोजी गरी परिवारमा पुनर्मिलन गराइएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए । हराएकामध्ये धेरै बालिका रहेको जनाइएको छ। पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा पनि धेरै बालबालिका भेटिएको देखिँदैन ।

परिषद्अन्तर्गतको बालबालिका खोसतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले साथीको लहैलहैमा लागेर सहर छिरेर हराउने गरेको पाइएको बताए । आर्थिक अवस्था, घरायसीलगायत कारणले बालबालिका घर छाडेर हिँडेपछि हराएका घटना धेरै भेटिएको अधिकारीको भनाइ छ । अधिकारीका अनुसार सन्तान हराएपछि आत्तिएर अभिभावक प्रहरीमा उजुरी गर्छन ।

अलि-अलि बोकेर ल्याएको पैसा सकिन्छ अनि उनीहरू बेवारिसे हुन्छन । त्यसरी हिँडेका कतिपय सडकमा भेटिन्छन । कतिपय होटललगायत ठाउँमा मजदुरी गरिरहेका हुन्छन । काठमाडौंको हकमा धेरै बालबालिका पशुपतिनाथ मन्दिर वरिपरि भेटिन्छन । अन्य सहरमा पनि मन्दिरमै भेटिन्छन । हराएका अधिकांश बालबालिका जोखिमयुक्त अवस्थामै भेटिने गरेको अधिकारीले सुनाए । कोही भने आफन्तका घरमा पनि भेटिने गरेका छन ।

प्रहरी र परिषद्ले गरेको अनुगमनमा बिहीबार मात्रै ९ बालबालिकाको उद्धार गरिएको छ । कलंकी, सातदोबाटोलगायत व्यस्त बजारमा मागिरहेका र पानी, खानेकुरा बेचिरहेको अवस्थामा उनीहरूलाई उद्धार गरिएको अधिकारीले बताए । यीमध्ये एक बालिका र आठ बालक छन ।
०७६/७७ मा ८ सय ३१ बालक र १ हजार ८ सय ९८ बालिका गरी २ हजार ७ सय २९ जना बेपत्ता भएको तथ्यांक देखिन्छ । जसमा ६ सय ९० बालक र १ हजार ५ सय २९ बालिका गरी २ हजार २ सय १९ जना फेला परेका थिए । ०७५/७६ मा १ हजार ५१ बालक र २ हजार ३ सय ७१ बालिका गरी ३ हजार ४ सय २२ जना हराएकामा २ हजार ५ सय ४० भेटिएका थिए । जसमा ८ सय २५ बालक र १ हजार ७ सय १५ जना बालिका छन ।

०७४/७५ मा ९ सय २३ बालक, १ हजार ४ सय ७ बालिका गरी २ हजार ३ सय ३० जना हराएकामा १ हजार १७ जना भेटिए । जसमा ४ सय ७ बालक र ६ सय १० बालिका थिए । ०७३/७४ मा १ हजार ४७ बालक र १ हजार ७ सय २४ बालिका गरी २ हजार ७ सय ७२ जना हराएका थिए । जसमा ३ सय ५३ बालक र ३ सय ६७ बालिका गरी ७ सय २० जना भेटिए ।

०७२/७३ मा ६ सय बालक र ९०२ बालिका गरी १ हजार ५ सय २ जना हराएका थिए । २ सय ३ बालक र २ सय ५ बालिका गरी ४ सय ८ जना फेला परेको परिषद्को तथ्यांकले देखाउँछ । परिषद्को तथ्यांकअनुसार ०७१/७२ मा ४ सय ४४ बालिका र ३ सय ४२ बालकसहित ७ सय ८६ जना बेपत्ता भएका थिए । जसमा १ सय ६७ बालक र १ सय ४२ बालिका गरी ३ सय ९ मात्र भेटिएका थिए ।

बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गर्न बालबालिका समन्वय केन्द्र नम्बर १०४ सेवा मनाङबाहेक ७६ जिल्ला प्रहरी कार्यालयमार्फत सञ्चालनमा छ । केन्द्रले बेवारिस अवस्थामा फेला परेका ९७ मध्ये ४५ जनालाई परिवारमा पुनर्मिलन र ५२ जनालाई अस्थायी संरक्षण सेवामा राखिएको छ । बेवारिस फेला परेका ३१ बालबालिकाको कानुनी पहिचानको व्यवस्थासहित दीर्घकालीन संरक्षण व्यवस्थापन गरिएको धरेलले बताए ।

सडकमा अझै भेटिन्छन् बालबालिका

सरकारले सडक बालबालिकामुक्त राष्ट्र घोषणा गरेको छ । तर, सडकमा अझै बालबालिका भेटिइरहेका छन । चालु वर्षको सात महिनामा १ सय ८८ बालबालिकालाई सडकबाट उद्धार गरिएको छ । यो अवधिमा १ सय ६५ बालक र २३ बालिका सडकमा भेटिएका हुन ।

यो अभियानअन्तर्गत ०७२ वैशाखदेखि ०७७ असारसम्म १ हजार ४ सय ३३ बालबालिकाको उद्धार गरिएको थियो । बाल अधिकार परिषद्का अनुसार ८ सय १० बालबालिकालाई पारिवारिक पुनर्मिलन गरिएको छ । १ सय ८४ जना सीपमूलक तालिममा पठाइएको छ । ५९ जना तालिम पूरा गरी सीपमूलक कार्यमा संलग्न भएका छन ।

अन्यलाई अस्थायी संरक्षण केन्द्र तथा दीर्घकालीन संरक्षण केन्द्रमा संरक्षण व्यवस्थापन गरिएको परिषद्का कार्यकारी निर्देशक धरेलले बताए । सडकमा आश्रित बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापनलाई निरन्तरता दिँदै आगामी असारसम्म सडक बालबालिका मुक्त राष्ट्र बनाउने गरी कार्यक्रम सञ्चालन भइरहेको धरेलले बताए ।

२५ स्थानमा हेल्पलाइन

सरकारले चाल वर्षभित्र २५ स्थानमा बाल हेल्पलाइन सेवा १०९८ पुर्‍याउने भएको छ । धरेलका अनुसार १२ स्थानमा रहेको बाल हेल्पलाइन सेवालाई १८ स्थानमा विस्तार गरिएको छ । चालु वर्षभित्र २५ पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

पहिलो ८ महिनामा हेल्पलाइनमार्फत ४५० बालबालिकालाई हिंसा दुव्र्यवहारबाट उद्धार गरिएको छ । संरक्षण सहयोगको आवश्यकता भएका ५ हजार २ सय २२ बालबालिकालाई संरक्षण सहायता प्रदान गरिएको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : ५० बजे

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि