३१ असार २०८३, बुधबार | July 16, 2026

‘बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना ‘अर्काे विश्व’ सम्भव छैन’



काठमाडौं । बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना अर्काे विश्व सम्भव नभएको सरोकारवालाहरूले बताएका छन् । विश्व सामाजिक मञ्चको साताव्यापी कार्यक्रम अन्तर्गत आइतबार काठमाडौंमा भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स सत्रमा बोल्दै अधिकारकर्मीहरूले यस्तो बताएका हुन् ।

नयाँ विश्व भनेको नयाँ ग्रह बनाउने नभएर अहिलेको विश्वलाई नै बालबालिका एवं किशोरकिशोरीका समस्यालाई समाधान गर्दै उनीहरूलाई स्वतन्त्रपूर्वक बाँच्न र आफ्नो भविष्य कोर्न सक्ने वातावरण बनाउन पर्ने उनीहरूको भनाइ थियो । उनीहरूले बालबालिका र किशोरकिशोरी भोलिका देश निर्माता भएकाले उनीहरूको सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै युएनसीआरसी कमिटी अध्यक्ष प्रो.आन स्केल्टनले यस्ता सम्मेलनले बालबालिका तथा किशोरकिशोरीहरुको आवाज सशक्त बनाउन महत्वपूर्ण हुने बताइन् । उनले यस्ता सामाजिक भेलाहरुमा विश्व चुनौतिका बारेमा विचार विमर्श र छलफलले यस्ता चुनौतिलाई समाधान गर्ने उपाय खोजी हुने बताइन् ।

उनले वर्तमान अवस्थामा युद्धमा बालबालिकाको ज्यान जाने डरलाग्दो अवस्था आएकोले बालअधिकारको संरक्षण गर्दै विश्वलाई सुरक्षित रुपमा अघि बढाउन सबैको प्रतिबद्वता आवश्यक भएको बताइन् ।

सभालाई सम्बोधन गर्दै युएन सीआरसी कमिटी उपाध्यक्ष रिन्चेन चोपेलले आफू यो नेपालको यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौं चुनौतिका बाबजुद पनि यस प्रकारको आन्दोलन मार्फत आफ्नो जीवनमा ल्याएको परिवर्तन र संघर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित बन्न आफू नेपाल आएको बताए ।

त्यसैगरी डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिकाका निमित्त एउटा न्यायमूलक विश्व स्थापना गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘हामीले विश्वमा बिग्रँदै गएको वातावरण र जलवायु परिवर्तनले विश्वब्यापी रूपमा बालबालिका र युवाहरूको जीवनमा पारेका असरका मुद्दाहरूलाई सम्बोधन गर्नैपर्ने हुन्छ ।’ उनले विशेषगरी पिछडिएका र आदीवासी बालबालिका जो बिग्रँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट बढी प्रभावित छन् । उनीहरूका अधिकारलाई बिग्रँदो वातावरणीय प्रभावविरूद्ध लड्नका लागि प्रमुख मुद्दा बनाएर अगाडि जानुपर्ने बताइन् ।

कन्सोर्टियम नेपालको संयोजनमा भएको उक्त सत्रमा बोल्दै विभिन्न वक्ताहरूले बालविवाह, भोकमरी युद्ध, आप्रवासन, बेचबिखन, बाढी पहिरो, यौन शोषण लगायतका क्षेत्रमा बालबालिका र किशोरकिशोरीलाई लगाउनु दु्ःखद भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ बाल अधिकारकर्मी तारक धितालले यस्ता कार्यक्रम बालबालिका र किशोरकिशोरीको अधिकारको लागि दबाब सिर्जना फलदायी हुने बताए । उनले भने, ‘बालबालिका र किशोरकिशोरीको अधिकार र उनीहरूको न्यायको लागि सुझावसहितको दबाब दिन हामी यहाँ उपस्थित भएका छौं ।’

अधिकारकर्मी गौरी प्रधानले मानवअधिकारका सवालले बालबालिकाका समस्यालाई सम्बोधन गर्न नसकेको बताउँदै बाल बालिकाका सबालमा बालमैत्री अलग्गै कानुन ल्याउनु पर्ने बताए ।

यस्तै कार्यक्रममा जलवायु परिवर्तनले पनि बालबालिका एवं किशोरकिशोरीहरूमा नकरात्मक प्रभाव पारेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएमका छन् ।

‘अर्काे विश्व सम्भव छ’ भन्ने नाराका साथ आयोजना गरिएको यो सम्मेलनमा आर्थिक असमानता, जलवायु न्याय, श्रम, बसाइँसराइ, जातीय विभेद, लैङ्गिक समानता, शान्ति, दिगो विकासलगायत मुद्दामा छलफल गरिएको छ ।

यस्तै वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारबामा पनि छलफल भइरहेको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १० : ०५ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक