१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

छेउमै भेरी, जमिन बाँझै !



जाजरकोट । डोल्पा सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रामा पानी बगे पनि उपयोगविहीन भएको छ ।

नदीको छेउछाउमा खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै रहेका छन । कुनै पनि दूरदर्शी योजना नहुँदा नजिकै पानी भए पनि प्रयोगविहीन भई ठूलो मात्रामा जमिन बाँझो बन्न पुगेको हो ।

वर्षायाममा आकाशे पानीको भरमा एक बाली खेती लगाए पनि हिउँदयाममा सिँचाइ नहुँदा अधिकांश जमिन बाँझै रहने गरेका छन । वर्षायाममा खोलामा पानीको मात्रा बढ्ने भएकाले सिँचाइ गरी बाली लगाउने कृषक हिउँदयाममा खोलामा पानी सुक्दा पानी अभावमा जमिन बाँझो राख्न बाध्य छन ।

नलगाड नगरपालिकाको तल्लुवगर, रुकुम पश्चिमको छर्रेबर्गी, अनाह, मन्मै, भेरी नगरपालिकाको रिम्ना, कुदु, आली र भुरचौर लगायत ठाउँमा भेरी नदीबाट सजिलै पानी तान्न सकिने भए पनि कृषकसँग आवश्यक बजेट नहुँदा समस्या भएको मन्मैका कृषक प्रेमबहादुर खत्रीले बताए ।

लिफ्टिङ प्रणालीबाट पानी तानेर सिँचाइ गर्न सकिने भए पनि आर्थिक हैसियत नभएको जनाउँदै जमिन बाँझो राख्न बाध्य भएको उनले बताए ।

त्यस्तै डोल्पा, रुकुम पश्चिम र सुर्खेतका राकमलगायत ठाउँमा समेत भेरी नदीको पानी तान्न सकिने सम्भावना रहँदै आएको छ । स्थानीय सरकारले ठूला लगानीका योजना सञ्चालन गर्न नसक्ने र केन्द्र सरकारले खासै ध्यान नदिँदा वर्षेनी उत्पादनशील जमिन सिँचाइ अभावमा बाँझै राख्नुपरेको कृषकले पीडा सुनाएका छन ।

‘घरको आँगनबाटै भेरी नदी उर्लिएर बगेको देखिन्छ, तर हाम्रा जमिन पानी अभावमा बाँझै रहँदा मन दुखेर आउँछ, तर के गर्नु हामीसँग पैसो छैन पानी तान्न’, भेरी नगरपालिका-११ का आकाश बटालाले भने । रासस

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ११ : ३९ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७