३ आश्विन २०८३, शनिबार | September 19, 2026

छेउमै भेरी, जमिन बाँझै !



जाजरकोट । डोल्पा सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रामा पानी बगे पनि उपयोगविहीन भएको छ ।

नदीको छेउछाउमा खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै रहेका छन । कुनै पनि दूरदर्शी योजना नहुँदा नजिकै पानी भए पनि प्रयोगविहीन भई ठूलो मात्रामा जमिन बाँझो बन्न पुगेको हो ।

वर्षायाममा आकाशे पानीको भरमा एक बाली खेती लगाए पनि हिउँदयाममा सिँचाइ नहुँदा अधिकांश जमिन बाँझै रहने गरेका छन । वर्षायाममा खोलामा पानीको मात्रा बढ्ने भएकाले सिँचाइ गरी बाली लगाउने कृषक हिउँदयाममा खोलामा पानी सुक्दा पानी अभावमा जमिन बाँझो राख्न बाध्य छन ।

नलगाड नगरपालिकाको तल्लुवगर, रुकुम पश्चिमको छर्रेबर्गी, अनाह, मन्मै, भेरी नगरपालिकाको रिम्ना, कुदु, आली र भुरचौर लगायत ठाउँमा भेरी नदीबाट सजिलै पानी तान्न सकिने भए पनि कृषकसँग आवश्यक बजेट नहुँदा समस्या भएको मन्मैका कृषक प्रेमबहादुर खत्रीले बताए ।

लिफ्टिङ प्रणालीबाट पानी तानेर सिँचाइ गर्न सकिने भए पनि आर्थिक हैसियत नभएको जनाउँदै जमिन बाँझो राख्न बाध्य भएको उनले बताए ।

त्यस्तै डोल्पा, रुकुम पश्चिम र सुर्खेतका राकमलगायत ठाउँमा समेत भेरी नदीको पानी तान्न सकिने सम्भावना रहँदै आएको छ । स्थानीय सरकारले ठूला लगानीका योजना सञ्चालन गर्न नसक्ने र केन्द्र सरकारले खासै ध्यान नदिँदा वर्षेनी उत्पादनशील जमिन सिँचाइ अभावमा बाँझै राख्नुपरेको कृषकले पीडा सुनाएका छन ।

‘घरको आँगनबाटै भेरी नदी उर्लिएर बगेको देखिन्छ, तर हाम्रा जमिन पानी अभावमा बाँझै रहँदा मन दुखेर आउँछ, तर के गर्नु हामीसँग पैसो छैन पानी तान्न’, भेरी नगरपालिका-११ का आकाश बटालाले भने । रासस

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ११ : ३९ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज