३० भदौ २०८३, मंगलबार | September 15, 2026

राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालय बीच सम्झौता,संसदका कर्मचारीले पाउने भए सरल कर्जा



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालय बीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात संसद सचिवालयमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।

बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.६१ प्रतिशत रहेको छ । सम्झौता अनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष नमराज नगरकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक रोविन घिमिरे, सचिवालयका तर्फबाट प्रमुख लेखा नियन्त्रक उपसचिव बसन्तराज सिग्देल लगायत बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : ०२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ