११ चैत्र २०८२, बुधबार | March 25, 2026

चाल्नाखेल जंगलमा मृत फेला दुई युवाको पहिचान खुल्यो



काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेल जंगलमा भेटिएका दुई युवाको शव कक्षा १० मा पढ्दै गरेका विद्यार्थी भएको खुलेको छ ।

प्रहरीले शवको पहिचान भएको जनाएको हो । मृत्यु भएकामध्ये एक जना काभ्रेपलाञ्चोकका १७ वर्षीय मंगल तामाङ र अर्का एक जना नुवाकोट १६ वर्षीय अर्जुन खड्का भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा विषको बट्टा भेटिएका कारण उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी, पोस्टमार्टम पछिमात्र वास्तविकता के हो भन्नेबारे भन्न सकिने प्रहरीको भनाइ छ ।

काठमाडौंको बाङ्गेमुढा बस्ने ती युवा हिजो साथीको घरमा जानेभनेर हिँडेका थिए । उनीहरुको मृत्यु हिजो भएको हो या आज भन्ने खुल्न नसकेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

मृतकमध्ये एक जनाको खोल्सामा र एक जनाको डिलमा शव भेटिएको थियो । प्रहरीले घटनास्थललाई घेरावन्दी गरी कुकुरसमेत परिचालन गरेर अनुसन्धान सुरु गरेको छ ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ०३ बजे

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।