२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नबिल बैंक र नेपाल औषधी व्यवसायी संघ काठमाडौंबीच सम्झौता



काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक र नेपाल औषधी व्यवसायी संघबीच विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र नेपाल औषधी व्यवसायी संघ, काठमाडौंको तर्फबाट अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाल औषधी व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका औषधिका थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा सम्झौता भएको हो । सो कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिति रहेको थियो ।

सम्झौता कार्यक्रममा बैंकका एसएमई तथा लघुवित्त प्रमुख बस्नेतले औषधी व्यवसायीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन पाउदा खुशी लागेको बताए । उनले औषधी व्यवसायीहरु र बैंकको दीगो विकासलाई ध्यानमा राख्दै औषधी व्यवसायमा वित्तीय लगानी गर्ने अग्रणी बैंक रहेको जानकारी समेत गराए ।

नबिल बैंकले आÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहितविभिन्न देशमा रहेका एजेन्टको बहत सन्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ.।

उच्च प्रशिक्षित समुह, मजबुत र सुरक्षित बैंकिङ प्रणालीको तीन दशक भन्दा बढीको बैंकिङ अनुभवका साथ नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ४९ बजे

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु