१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

भटमास खानुका फाइदा मात्रै छैनन्, यस्ता व्यक्तिका लागि बिष समान हुन्छ



एजेन्सी । खान-पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ छाड्दैनन् ।

तर आफ्नो स्वास्थ्यको ख्याल राख्नेहरु हरेक समयमा हरेक खाद्य पदार्थको राम्रा तथा नराम्रा गुणबारे जानकारी हासिल गर्न इच्छुक हुन्छन् ।

यसकारण यो आलेखमा हामी तपाईलाई भटमास (सोयाबीन)सँग सम्बन्धित केही कुराहरु बताउँदै छौं । भटमास, जसलाई प्रोटीनको स्रोत मानिन्छ । यसको अतिरिक्त भटमासमा भिटामिन-ए पनि भरपूर मात्रामा पाइन्छ । भटमास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ । जो शरीरलाई फिट राख्न धेरै आवश्यक हुन्छ ।

त्यस्ता व्यक्ति जो धेरै शारीरिक व्यायाम गर्छन् र शरीरका लागि प्रोटीन चाहन्छन्, उनीहरुका लागि भटमास धेरै फाइदाजनक हुन्छ । तर केही व्यक्तिका लागि भने भटमास विष बराबर नै हुन्छ । एक रिसर्चका अनुसार ६ प्रकारका रोगबाट ग्रस्त व्यक्तिले भुलेर पनि भटमास खानु हुँदैन । यस्ता व्यक्तिले भटमास खानु भनेको बिष सेवन गर्नुजस्तै हो ।

भटमासको सेवनबाट फाइदा मात्रै हुँदैन, यसले अनेक प्रकारका रोग निम्त्याउने खतरा पनि हुन्छ । भटमासमा ‘ट्रान्स फ्याट’ हुन्छ । जसले हाई कोलेस्ट्रोल तथा मुटुको रोग निम्त्याउँछ । यसकारण जुन व्यक्तिलाई मुटुको रोग छ, अथवा सामान्य आशंका पनि देखिन्छ भने उनीहरुले भटमास नखानु नै राम्रो हुन्छ ।

सुत्केरी महिला

गर्भवती महिला या स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानिकारक हुन्छ । भटमासमा पाइने एमिनो एसिडले गर्भवती महिलामा चक्कर आउँने, रिंगटा लाग्ने जस्ता समस्या हुन्छन् ।

यस्तै स्तनपान गराइरहेकी महिलाले पनि भटमास खाँदा दूध पिउने बच्चामा त्यसको नराम्रो असर पर्न जान्छ । आमाले धेरै भटमास खाँदा बच्चाहरुमा अपच हुने खतरा बढ्छ ।

छालाको रोग

यदि कुनै व्यक्तिलाई छाला सम्बन्धी कुनै रोग तथा छाला चिलाउने समस्या छ भने त्यस्ता व्यक्तिले पनि भटमास नखानु नै राम्रो हुन्छ ।

मिर्गौला सम्बन्धी रोग

भटमासमा फीटोएस्ट्रोजन नामक एक केमिकल पाइन्छ । सामान्य व्यक्तिलाई त यसले खासै असर पुर्याउँदैन । तर जो व्यक्ति मिर्गौला सम्बन्धी रोगबाट पीडित छन्, त्यस्ता व्यक्तिका लागि यो केमिकल जहर समान हुन्छ ।

मिर्गौलामा फीटोएस्ट्रोजन केमिकलको बृद्धि हुँदा गम्भीर असर निम्तिन सक्छ । यो केमिकलका कारण किड्नी फेल हुने खतरा समेत हुन्छ ।

क्यान्सर

सबै प्रकारको त हैन, तर जो व्यक्तिलाई मूत्राशय (यूरिन) को कयान्सर छ, त्यस्ता व्यक्तिले भटमास नखाएकै राम्रो हुन्छ । यसको अतिरिक्त यदि परिवारिक इतिहासमा पनि कहिल्यै कुनै व्यक्तिलाई क्यान्सर लागेको थियो भने, अगाडिको पीढिले भटमास नखानु नै राम्रो हुन्छ ।

मधुमेह

यदि तपाईलाई चिनी रोग (मधुमेह) लागेको छ भने पनि भटमास नखानुहोस् । किनकी भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : २९ बजे

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : निधि

धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक