११ चैत्र २०८२, बुधबार | March 25, 2026

बाघको जोखिम बढेपछि खाता जैविकमार्गको ब्रेकर हटाईयो



बर्दिया । वन्यजन्तु आवतजावतगर्दा तिव्रगतीका गाडीले ठक्कर दिन सक्ने भन्दै खाता जैविकमार्गको हुलाकी सडकमा बनाईएको ब्रेकर हटाईएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार मधुवन नगरपालिका, सुरक्षाकर्मी लगाएतको टोलीले बे्रकर हटाएको हो ।

खाता जैविकमार्गमा बाघको आतंक बढ्दै गएको र ब्रेकरका कारण कमगतिमा सवारी साधन चलाउँदा बाघले आक्रमण गर्न सक्ने भएकोले ब्रेकर हटाईएको हो । वन्यजन्तु ओहोर दोहोर गर्न सहजहोस् भनेर खाता जैविकमार्गमा ५०/५० मिटरको दुरीमा १० ओटा ब्रेकर बनाईएको थियो । मापदण्ड भन्दाअग्लो ब्रेकर बनाएकाले सवारी साधन चलाउँदा दुर्घटना हुने जोखिम रहेको थियो भने ब्रेकरले दुर्घटना बढाएको भन्दै स्थानीबासीहरु असन्तुष्ट समेत भएका थिए ।

सडक मापदण्ड अनुसार ब्रेकरको उचाई १० सेन्टिमिटर भन्दा बढि नहुनुपर्ने भनिए पनि कतिपय ब्रेकर त्यसभन्दा अग्लो रहेका थिए । ब्रेकर भएको सडक खण्डमा बढिमा १० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन चलाउन मिल्ने र त्यसभन्दा बढि गतिमा चलाउँदा हुत्तिएर दुर्घटना हुने गरेको मधुवन नगरपालिका ६ का विनोद चन्दले बताए । उनले भने –‘सो स्थानमा बाघ देखिँदा सवारी चालकहरु आत्तिएर सवारी हाँक्दा दुर्घटना हुने सम्भावना बढी देखियो ।’

बाघको गतिविधि बढेसँगै ब्रेकर भएको सडक खण्डमा पटक पटक बाघ देखीन थालेको छ । साईकल मोटरसाईकल लगाएत सवारी साधनको गति न्युनभएको बेलामा बाघले आक्रमण गर्न सक्ने सम्भावना बढेपछि ब्रेकर हटाईएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले बताए । उनले खाता जैविकमार्गमा बाघको आक्रमण बढेसँगै ब्रेकरको कारणले यात्रुहरुको ज्यान समेत जोखिमभएकोले नगरपालिकाको खर्चमा ब्रेकर हटाईएको बताए । उनले बे्रकर हटाएको स्थानमा विग्रिएको बाटो नगरपालिका आँफैले मर्मत गर्ने बताए ।

जिल्ला सुरक्षा समितिले मानविय सुरक्षाको कारण देखाउँदै खाता जैविकमार्गको ब्रेकर हटाउने निर्णय गरेको थियो । बाघको आतंक र स्थानीयको विरोध आएपछि सुरक्षा समितिले सो निर्णय गरेको हो ।

हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका सुचना अधिकारी राम सागर हरीजनले राजमार्गमा ब्रेकर बनाउन नमिल्ने भए पनि वन्यजन्तु ओहोर दोहोर गर्ने स्थानभएकोले ब्रेकर निर्माण भएको बताए । उनले विश्ववन्यजन्तु कोष र हुलाकी सडक निर्देशनालयको सम्झौता अनुरुप ब्रेकर निर्माण भएको बताए ।

हाल ब्रेकर भत्काइएको स्थानमा वन्यजन्तु ओहोरदोहोर गर्नकालागि सडक माथिबाट ओभरपास बनाईने भएको छ । वन्यजन्तुको ओभरपास बनाउने प्रक्रिया सुरु भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका सुचनाअधिकारी हरीजनले बताए । ओभरपास निर्माणका लागि निर्देशनालयले प्रक्रिया सुरु गरेको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ५१ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी