२६ बैशाख २०८३, शनिबार | May 10, 2026

एमाले संसदीय दलको बैठक बालुवाटारमा जारी, बामदेव गौतम पनि बैठकमा सहभागी



काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बिहान सवा ११ बजेबाट बसिरहेको हो । बैठकमा वामदेव गौतम पनि उपस्थित भएका छन् । गौतम यसअघि पार्टीमा गुट विवाद बढेको भन्दै ओली र नेपाल पक्षले आयोजना गरेका कुनै पनि बैठकमा अनुपस्थित हुँदै आएका थिए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भए पनि गौतम कुनै पनि पक्षमा नलागि पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरेर बसेका थिए।

बालुवाटारमा जारी संसदीय दलको बैठमा बैठकमा विधान संशोधन समितिले प्रस्ताव गरेको संशोधन प्रस्ताव र संसदीय बोर्डको पूर्णता लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बिहीबार बसेको नेकपा संसदीय दलले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल सदस्य रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो।

कार्यदलले तयार गरेको संशोधन प्रस्तावमाथि छलफल गरी विधान संशोधन गरिने जनाइएको छ । पार्टी अनुशासन उल्लंघन गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिँदै आएका अध्यक्ष एवं संसदीय दलका नेता ओलीले आफुअनुकुल संसदीय दलको बोर्ड बनाएका थिए । संसदमा सांसदहरुले दलको निर्देशक अवज्ञा गरे उनीहरुलाई कारवाही गर्न संसदीय बोर्डले पार्टी केन्द्रीय कमिटीलाई सिफारिस गर्नुपर्छ । त्यसपछि मात्र केन्द्रीय कमिटीको बहुमतले सो सिफारिसलाई अनुमोदन गर्नसक्छ । नेपाल पक्षलाई कारवाही गर्नकै लागि तीन दिनको बीचमा दोस्रो पटक संसदीय दलको बैठक बोलाइएको हो ।

संसदीय दलको बैठकमा माधव नेपाल पक्ष भने अनुपस्थित भएको छ । संसदीय दलको बैठक संसदीय दलको कार्यालय वा संसद भवनबाहेक अनेत्र बस्न नहुने भन्दै नेपाल पक्षको शुक्रबार बसेको स्थायी कमिटी बैठकले आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो ।

गत फागुन २८ गतेको निर्णय खारेज नहुँदासम्म एमालेको नेपाल पक्षले ओलीले बोलाएको बैठकमा सहभागिता नजनाउने बताएको छ । । तर, बालुवाटार बैठकमा उपस्थित गौतमले भने नेपाल– पक्षलाई पनि बैठकमै गएर ओलीविरुद्ध लड्न आग्रह गरेका थिए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरु भेला गरेर त्यसैलाई केन्द्रीय कमिटी बैठक भन्दै महाधिवेशनको मिति घोषण गर्ने, केन्द्रीय सदस्य थप गर्ने, पदाधिकारी बर्खास्त गर्ने लगायतका निर्णय गरेपछि एमाले फुटको संघारमा पुगेको छ। नेपाल–खनाल पुसले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत सम्पन्न गरिसकेको छ।

संसदीय दलको बैठकपछि आजै एमाले केन्द्रीय कमिटीको बैठक पनि बालुवाटारमै बस्ने छ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १२ : १९ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु