१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बोधि होल्डिङ्गको ४ सय करोड आवास परियोजना



बुटवल । बोधि होल्डिङ्ग प्रालिले सिद्धार्थनगरको बसन्तपुरमा सुविधा सम्पन्न पुर्वाधारसहितको आवास परियोजना संचालनमा ल्याउने भएको छ ।

भैरहवाको देवकोटा चोकदेखि डेढ किलोमिटरको दुरीमा ४ वर्षको अवधिमा ३ सय बढी घरहरु निर्माण गर्न लक्ष्य रहेको शनिबार पत्रकार सम्मेलनमा बोधि होल्डिङ्गका अध्यक्ष जलेश्वर पाण्डेले बताए ।

पहिलो चरणमा पाच विगाहा क्षेत्रफलमा १ सय ४ घर निर्माण हुने छन । उनले भने । दोस्रो चरणमा ९ विगाहा क्षेत्रफलमा ४ वर्षभित्र १ सय ९६ गरि ३ सय घर निर्माण गर्ने उनले बताए ।

काठमाडौ पछिको दोस्रो ठूलो विकासमा अगाडि रहेको रुपन्देही जिल्ला भएकाले पनि लगानीका लागि धेरै भित्रिरहेको उनले दाबी गरे । पहिलो चरणमा बन्ने घरमध्ये ६८ वटा २ हजार ३ सय ३३ स्क्वायर फुट तथा ३६ वटा २ हजार ६ सय ९७ स्क्वायर फुटमा निर्माण गरिने उनले बताए । जसको मूल्य १ करोड ६० लाख रुपैया र १ करोड ९० लाख मूल्य कायम गरिएको छ ।

कम्पनीले देशभर हाउजिङ परियोजना, पाच तारे होटलहरु, बैकहरु र वित्तिय संस्थाहरु, रियल स्टेट र स्वदेश तथा विदेशका विभिन्न कम्पनी ब्यवसायमा लगानी गरिरहेको छ ।

ग्लोबल आईएमई बैकको साझेदारीमा शुरु हुन लागेको परियोजनामा घर खरिद गर्ने उपभोक्ताहरुलाई बैकले नै सुपथ ब्याजदरमा २० वर्षसम्मका लागि कर्जा प्रदान गरिने उनले बताए ।

हाउसिङ परियोजना भित्र सामुहिक भवन, बाल उद्यान, हेल्थ क्लब हाउस, स्विमिङ पुल, बास्केटबल कोर्ट, ग्रोसरी सप, साउना तथा स्टिम बाथ, पानी शुद्धीकरण गर्ने उपकरणहरु, भुमिगत तार ब्यवस्थापन, ब्यवस्थित पार्किङ, सिसिटिभि सहितको २४ घण्टा सुरक्षा गार्ड सुविधा हुनेछ ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक दिनबन्धु पोखरेल, संचालक प्रमोद यादवले शहरीकरण बन्दै गरेको भैरहवा सबै रुपमा अबको आर्थिक हब बन्ने बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ५० बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र