६ बैशाख २०८१, बिहिबार | April 18, 2024

श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते



एजेन्सी । श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला(बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन् ।

प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापरबाहीका कारण बस दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा चालकसहित नौ जना पूरुष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापरबाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : ३७ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच