१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

भारतमा कोरोना संक्रमण दर अस्वाभाविक रुपमा बढ्यो, २४ घण्टामा ४३ हजार संक्रमित थपिए



काठमाडौं । भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । दैनिक संक्रमण बढ्दै गएको भारतमा पछिल्लो तीन दिनमा मात्रै १ लाख २४ हजार ४०८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि शनिबार ४० हजार ९५० र शुक्रबार ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १ लाख ५९ हजार ७ सय ९० भन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म २३ करोड २४ लाखभन्दा धेरै व्यक्तिमा परीक्षण गरिएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख २८ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख १० हजार ८०१ छ ।

कोरोनाको सङ्क्रमण अस्वाभाविक रुपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा भएको छ । केही दिनअघि आवश्यक निर्णय गर्न निर्देशन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ०५ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा