२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

गुल्मी चारपाला रुपन्देहीको दोस्रो साधारण सभा सम्पन्न, पत्रकार पौडेल सम्मानित



बुटवल । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको दोस्रो साधारण सभाशनिवार सम्पन्न भएको छ ।

सभामा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले आगामी वर्षमा समाजको कार्यक्षेत्र विस्तार गर्ने र थप योजना सहित अघि बढ्ने बताए ।

उनले वर्षभरि गुल्मी चारपाला रुपन्देहीले गुल्मी र रुपन्देही दुवै जिल्लामा सेवामुलक सामाजिक काम गरेको भन्दै निरन्तर यस्ता कार्य गरिरहने जानकारी दिए ।

त्यस्तै, आयव्ययको प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष काजीमान टण्डनले सदस्य र सल्लाहकारहरुको संकलनबाट जम्मा हुने रकमले नै अहिलेसम्म कार्य गर्न सकिरहेको जिकीर गर्दै आगामी दिनमा कोष नै खडा गरेर सामाजिक अभियान चलाउने बताए ।

समाजले दोस्रो साधारण सभाको अवसरमा गतवर्ष जस्तै एकल भएर पनि सामाजिक काममा अघि सरेका २ महिलालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा ईन्दिरा ज्ञवाली र रुपा महोतरा रहेका थिए ।

त्यस्तै, संचारको माध्यमबाट समाजलाई सहयोग पुर्याएको भन्दै कान्तिपुर दैनिकका रुपन्देही संवाददाता तथा मिडिया एक्सन नेपालका लुम्बिनी प्रदेश संयोजक सन्जु पौडेललाई नगदसहित सम्मान गरेको समाजका उपाध्यक्ष उषा खत्रीले बताइन् ।

सभामा कार्यसमितीमा रही उत्कृष्ट योगदान पुर्याए वापत कोषाध्यक्ष काजीमान टण्डनलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपाध्यष्रा उषा खत्रीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिव विकास टण्डनले गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : ०० बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन