२३ बैशाख २०८१, आइतबार | May 5, 2024

गुल्मी चारपाला रुपन्देहीको दोस्रो साधारण सभा सम्पन्न, पत्रकार पौडेल सम्मानित



बुटवल । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको दोस्रो साधारण सभाशनिवार सम्पन्न भएको छ ।

सभामा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले आगामी वर्षमा समाजको कार्यक्षेत्र विस्तार गर्ने र थप योजना सहित अघि बढ्ने बताए ।

उनले वर्षभरि गुल्मी चारपाला रुपन्देहीले गुल्मी र रुपन्देही दुवै जिल्लामा सेवामुलक सामाजिक काम गरेको भन्दै निरन्तर यस्ता कार्य गरिरहने जानकारी दिए ।

त्यस्तै, आयव्ययको प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष काजीमान टण्डनले सदस्य र सल्लाहकारहरुको संकलनबाट जम्मा हुने रकमले नै अहिलेसम्म कार्य गर्न सकिरहेको जिकीर गर्दै आगामी दिनमा कोष नै खडा गरेर सामाजिक अभियान चलाउने बताए ।

समाजले दोस्रो साधारण सभाको अवसरमा गतवर्ष जस्तै एकल भएर पनि सामाजिक काममा अघि सरेका २ महिलालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा ईन्दिरा ज्ञवाली र रुपा महोतरा रहेका थिए ।

त्यस्तै, संचारको माध्यमबाट समाजलाई सहयोग पुर्याएको भन्दै कान्तिपुर दैनिकका रुपन्देही संवाददाता तथा मिडिया एक्सन नेपालका लुम्बिनी प्रदेश संयोजक सन्जु पौडेललाई नगदसहित सम्मान गरेको समाजका उपाध्यक्ष उषा खत्रीले बताइन् ।

सभामा कार्यसमितीमा रही उत्कृष्ट योगदान पुर्याए वापत कोषाध्यक्ष काजीमान टण्डनलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपाध्यष्रा उषा खत्रीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिव विकास टण्डनले गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : ०० बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ