१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाली हिटलरले आफुमा शक्ति केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ : डा. भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टरार्यले प्रधानमन्त्री केपीशर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन् ।

डा. भट्टराईले आइतबार बिहान ट्वीट गर्दै पार्टी र राज्यशक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदै हिटलर बन्न खोजेको बताएका छन् । भट्टराईले ओलीको नाम नलिए पनि नेपाली हिटलरको उदयलाई समयमै रोक्न नसके यहुदी विरुद्ध जाइलागेका हिटलर आफु विरुद्ध जाइलाग्दा बोल्न बाँकी कोही नभएजस्तै हुने चेतावनी समेत दिएका छन् ।

भट्टराईले भनेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ- ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिन, किनकि म यहुदी थिइन…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही पनि बॉकी थिएन!’ नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ! उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ! होशियार!

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : २७ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण