१६ असार २०८३, मंगलबार | July 1, 2026

केपी ‌ओली विदेशीले पालीपोसी हुर्काएका एजेन्ट हुन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशी शक्तिको एजेन्टको संज्ञा दिएका छन ।

अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा दलित मुक्ति मोर्चाद्वारा आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन ।

उनले ओलीलाई विदेशी शक्तिका अगाडि राम्रैसँग लम्पसार पर्न सक्ने व्यक्तिको संज्ञा दिए । ‘विदेशी शक्तिका अगाडि राम्रै लम्पसार पनि पर्न सक्ने व्यक्ति रहेछन् केपी ओली’, उनले भने, ‘२० /२५ वर्षदेखि विदेशी शक्तिले हुर्काएका व्यक्ति हुन । केपी ओली हुन्, जसलाई विदेशीले पाली पोसी हुर्काएका रहेछन ।’

उनले ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न सक्ने पात्रका रुपमा टिप्पणी गरे । दाहालले संविधानले सबै जनतालाई अझै अधिकार दिइनसकेको बताए । ‘संविधानले अझै पनि नागरिकलाई सबै अधिकार दिएको छैन’, उनले भने, ‘दलितलाई खास ठाउँमा राखिएपछि उनीहरुलाई हटाउन हतार हुन्छ । तिलक परियारलाई प्रदेश २ बाट त्यसैगरी हटाए । यो संविधान उनीहरुलाई घाँडो भएको छ ।’

उनले हिजो समानुपातिक र समावेशीको विरोध गर्नेहरु संघीयता खारेज गर्न लागेको बताए । ‘समानुपातिक समावेशीको विरोध गर्नेहरु संघीयतालाई खारेज गर्न चाहन्छन्’, उनले भने, ‘संसद पुन:स्थापना पनि हामीले आन्दोलन गरेर भएको हो। सर्वोच्चले ठीकै फैसला गर्‍यो। तर अझै पनि सबै अधिकार जनताले पाएका छैनन ।’

उनले प्रतिक्रियावादीहरु प्रचण्डलाई ढाल्न लागिरहेको बताएका छन । ‘अहिले प्रचण्ड ढल्छ भनेर लागेका छन । संघीयतालाई उल्ट्याउन र संविधान च्यात्न भनेर लागेका छन्’, उनले भनेका छन्, ‘ती सबैले यो संविधानलाई चिप्ल्याउन गणतन्त्र पनि सिद्याउन सक्ने केपी ओली नै रहेछन ।’

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : १४ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी