१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

केपी ‌ओली विदेशीले पालीपोसी हुर्काएका एजेन्ट हुन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशी शक्तिको एजेन्टको संज्ञा दिएका छन ।

अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा दलित मुक्ति मोर्चाद्वारा आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन ।

उनले ओलीलाई विदेशी शक्तिका अगाडि राम्रैसँग लम्पसार पर्न सक्ने व्यक्तिको संज्ञा दिए । ‘विदेशी शक्तिका अगाडि राम्रै लम्पसार पनि पर्न सक्ने व्यक्ति रहेछन् केपी ओली’, उनले भने, ‘२० /२५ वर्षदेखि विदेशी शक्तिले हुर्काएका व्यक्ति हुन । केपी ओली हुन्, जसलाई विदेशीले पाली पोसी हुर्काएका रहेछन ।’

उनले ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न सक्ने पात्रका रुपमा टिप्पणी गरे । दाहालले संविधानले सबै जनतालाई अझै अधिकार दिइनसकेको बताए । ‘संविधानले अझै पनि नागरिकलाई सबै अधिकार दिएको छैन’, उनले भने, ‘दलितलाई खास ठाउँमा राखिएपछि उनीहरुलाई हटाउन हतार हुन्छ । तिलक परियारलाई प्रदेश २ बाट त्यसैगरी हटाए । यो संविधान उनीहरुलाई घाँडो भएको छ ।’

उनले हिजो समानुपातिक र समावेशीको विरोध गर्नेहरु संघीयता खारेज गर्न लागेको बताए । ‘समानुपातिक समावेशीको विरोध गर्नेहरु संघीयतालाई खारेज गर्न चाहन्छन्’, उनले भने, ‘संसद पुन:स्थापना पनि हामीले आन्दोलन गरेर भएको हो। सर्वोच्चले ठीकै फैसला गर्‍यो। तर अझै पनि सबै अधिकार जनताले पाएका छैनन ।’

उनले प्रतिक्रियावादीहरु प्रचण्डलाई ढाल्न लागिरहेको बताएका छन । ‘अहिले प्रचण्ड ढल्छ भनेर लागेका छन । संघीयतालाई उल्ट्याउन र संविधान च्यात्न भनेर लागेका छन्’, उनले भनेका छन्, ‘ती सबैले यो संविधानलाई चिप्ल्याउन गणतन्त्र पनि सिद्याउन सक्ने केपी ओली नै रहेछन ।’

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : १४ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक