४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिएको १० लाख रकम परिवारद्वारा लिन अस्वीकार



काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ सहयोग लिन जोशी परिवारले अस्वीकार गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले जोशीको उपचारका लागि उक्त परिमाणको रकम दिने निर्णय गरेको थियो । जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशी परिवारले सरकारले उपचारका लागि दिने भनेको १० लाख रकम लिन अस्वीकार गरेको बताए । सहयोग रकम लिन आउनू भनी प्रधानमन्त्रीको कार्यालयबाट फोन आएको तर परिवारजनले सो रकम लिन अस्वीकार गरेको उनले बताए ।

फागुन १४ मा मस्तिष्कघात भएपछि उपचाररत जोशीलाई भेट्न शुक्रबार निर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वरपोखरेलले पनि सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय भएको जोशी परिवारलाई जानकारी गराएका थिए ।

सहयोग रकम किन अस्वीकार गरियो भन्ने नखुले पनि स्वकीय सचिव पाण्डेले नेता जोशीले विभिन्न ठाउँमा लाखौंको अक्षयकोष स्थापना गरिसकेको र सरकारले घोषणा गरेको रकमले औषधि पनि किन्न नपुग्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको