३ आश्विन २०८३, शनिबार | September 19, 2026

नेता जोशीको निधनमा कांग्रेसद्वारा शोकप्रस्ताव पारित, ३ दिन पार्टीको झण्डा आधा झुकाउने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उप–मेयर, संविधानसभा सदस्य, पूर्व मन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो ।

गत फागुन १४ गते बिहान मस्तिकघात भएपछि जोशीलाई उपचारको लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । वि.सं. २०१९ साल असार ३ गते काठमाडौंमा जन्मिएका जोशी नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशक भन्दा लामो समय बिताएका छन् । कांग्रेसले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वर्गीय जोशीप्रति सम्मान प्रकट गर्दै शोकका कार्यक्रमहरु पनि तय गरेको छ । जस अनुसार २०७७ चैत्र १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने, २०७७ चैत्र १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  २ : ३२ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२