२६ बैशाख २०८३, शनिबार | May 10, 2026

जाति तथा रंगभेद उन्मूलन दिवस : जातीय विभेद कहिलेसम्म ?



बुटवल । जातीय भेदभाव र छुवाछुत मानव जातिकै कंलक भएकाले यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।

५६ औं अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसका सन्दर्भमा आईतबार बुटवलमा आयोजित ‘विभेद कहिलेसम्म ?’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अब पनि जातीय भेदभाव र छुवाछुतका घटनाका बारेमा बहस गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

जागरण मिडिया सेन्टर, मानव अधिकार तथा शान्ति समाज रुपन्देही, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रुपन्देही, परियार सेवा समाज रुपन्देही तथा सृजनशिल सहयात्री समाज बुटवल रुपन्देहीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममार्फत सरकार, नागरिक समाज तथा सरोकार राख्नेलाई विभेद अन्त्यका लागि व्यक्तिगत र संस्थागत प्रतिबद्धता गराइएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद दीपा विश्वकर्माले जातीय भेदभाव अन्त्यका लागि बनेका कानुनको समेत कार्यान्वयन हुन नसकेको बताइन । उनले प्रदेश सांसदको हिसाबले आफूहरुले सदनमा कुरा उठाइरहेको बताउँदै जातीय भेदभाव र छुवाछुत अन्त्य बिना मूलुकको विकास हुन नसक्ने बताईन ।

संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दक्षिण अफ्रिकामा काला र गोराविचको विभेद अन्त्य भएपनि नेपालमा अझै पनि जातका आधारमा भेदभाव कायम रहेकाले विरोधमा दिवस मनाउनु परेको बताए । उनले विश्वका कयौं देशमा जातीय नरसंहार भएकाले राज्यले भेदभाव अन्त्यका लागि समयमै नसोचे नेपालमा पनि जातीय नरसंहार हुनसक्ने खतरा औल्याए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले दलित समुदायले भोगेको पिडा सह्य हुन नसक्ने बताउदै सामाजिक आन्दोलन गर्नुपर्ने बताए । उनले मानव अधिकार तथा शान्ति समाजले रुकुम घटनादेखि देशका जातीय भेदभाव विरुद्धका अभियानमा सामेल गराएको बताउँदै मानव जातीकै कलंक छुवाछुत विरुद्ध निरन्तर लाग्नुपर्ने बताए ।

कार्यक्रममा राजनितिक दलका तर्फबाट काँगेस नेतृ गंगा शाही, एमाले नेतृ देवी वाग्लेले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि प्रतिबद्धता जनाए ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्मा, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौर, संयुक्त दलित संघर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले सम्बोधन गरेका थिए ।

यसैगरी बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलराज भट्टराई, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डिपि खनाल, दलित अभियान्ता नरबहादुर सुनार, बुटवल उपमहानगरका जनप्रतिनिधि सरस्वती परियार, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, ख्रिष्टियन समाज लुम्बिनी प्रदेश संयोजक चित्र गुरुङ, सिर्जनशील सहयात्री समाजका सिता रोका, पत्रकार विनोद परियार लगायतले बोल्दै अब विभेद अन्त्यका लागि सहने समय समाप्त भएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ५६ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु