९ माघ २०८२, शुक्रबार | January 24, 2026

४२ वर्षमा फर्कियो मुस्कान



इलाम । बिना सुनुवाइ ४० वर्ष भारतीय जेलमा रहेर छुटेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार घर आएका छन । परिवारसँग झन्डै ४२ वर्षपछि दुर्गाप्रसादको पुनर्मिलन भएको छ ।

यसरी फर्किएलान् भनेर नसोचेका छोरासँग ९२ वर्षको उमेरमा आमा धनमायाले भेट गर्न पाएकी छन । ‘यो त बूढो पो भएछ लु हेर’, धनमायाले प्रकाशचन्द्र (दुर्गाप्रसादका काकाका छोरा)तिर फर्किंदै भनिन्, ‘यसले खोजेर ल्याउँछु भन्थ्यो, पत्याएकै थिइनँ, ल्यायो है ल्याउन त ।’ माया मारिसकेको छोरालाई माई नगरपालिका लुम्बाकस्थित घरमै पाएपछि धनमाया धेरै बोल्न सकिनन। लाडप्यारले भरिएको स्वरमा उनले भनिन्, ‘पहिले लुरे थियो मोटाएछ, सायद सुन्निएको होला बिचरा।’ उनले छोरालाई मिठाई खुवाएर स्वागत गरिन ।

उनले बिहानदेखि छोरो आउने बाटो कुरेकी थिइन । उनी भन्दै थिइन्, ‘आउँछ भनेर कुर्दै छु ।’ चाउरी परेको अनुहारमा आशा र खुसी बोकेर बसेकी धनमायाको छोरोसँग अपराह्न भेट भएको हो । दुर्गाप्रसाद हराएपछि पारिवारिक रूपमा निकै विपद भोगेकी धनमाया भन्दै थिइन्, ‘योभन्दा मेरो खुसी अरू केही छैन ।’ दुर्गाप्रसाद शनिबार कोलकातास्थित दमदम जेलबाट रिहा भएका थिए ।

इलामको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पामा हुँदा ०३७ सालमा उनी बेपत्ता भएका थिए । भारतकै दार्जिलिङबाट व्यक्ति हत्या अभियोगमा उनलाई पक्राउ गरी जेल हाले पनि कुनै प्रमाणबिना अन्याय गरिएको परिवारका सदस्य बताउँछन । उनलाई घर पुर्‍याउने क्रममा परिवारकै सदस्य प्रकाशचन्द्र, प्रदेश सांसद धीरेन्द्र शर्मा, दुर्गाप्रसादको मुक्तिका लागि संघर्षरत विश्वसेवा विस्तार संस्थाका सदस्य इन्द्र बस्नेतसहित सञ्चारकर्मीको उपस्थिति थियो ।

आफन्त र छरछिमेकी आइतबार दिउँसो दुर्गाप्रसादको घर पुगेका थिए । पहिलो भेटमा दुर्गाप्रसाद भने खासै बोलेनन । उनले जेलबाट छुट्ने क्रममा आफू निर्दोष रहेको बताएका थिए । काकाकी छोरी मुना शर्माले केही आराम गराएर सहज महसुस भएपछि चिकित्सकको परामर्श लिइने बताइन । ‘दाइ अहिले जहाँ हुनुहुन्छ त्यो नयाँ घर हो’, उनले भनिन्, ‘उहाँ जन्मनु, हुर्किनुभएको पुरानो ठाउँ (एकतप्पा) पुर्‍याउँदा सहज महसुस गर्नुहोला कि भन्ने आस गरेका छौं ।’ बिनाकसुर जेल बस्नुपरेकामा क्षतिपूर्तिका लागि विज्ञको सल्लाह लिएर अघि बढ्ने उनले सुनाइन । उनका अनुसार दुर्गाप्रसाद खासै प्रतिक्रिया जनाउँदैनन । एउटा-एउटा शब्द मात्रै बोल्ने गरेको उनले सुनाइन । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ५८ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण