१६ बैशाख २०८१, आइतबार | April 29, 2024

प्रधानमन्त्रीसँग भेटका लागि समय माग गरेको छु : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रतिक्षारत रहेको बताएका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेट गर्न समय माग गरेको बताएका हुन् । सभामुख सापकोटाले भेटका लागि कानुन मन्त्रीमार्फत् कुरा भएको बताए ।

सापकोटाले सरकारले ल्याएको अध्यादेश टेबुल गर्न नियम निलम्बन गरी अघि बढ्ने विषयमा छलफल चलिरहेको बताए ।

अधिवेशन सुरु भएको पहिलो दिनमै सरकारले त्यसअघि जारी गरेका अध्यादेशहरु पेश गर्नुपर्ने नियम छ । तर, फागुन २३ गतेको बैठकमा संवैधानिक परिषदसम्बन्धी अधयादेशविरुद्ध माओवादी केन्द्रले बहिस्कार र काँग्रेसले संसद अवरुद्ध गरेपछि अरु अध्यादेशहरु समेत पेश भएको थिएन ।

प्रतिपक्षी दलहरुले भने सरकारले अन्य अध्यादेश पेश गर्ने वातावरण नबनाएको आरोप लगाइरहेका छन् । संसद बैठक जसरी पनि असफल बनाउन सरकार लागि रहेको उनीहरुको आरोप छ ।

सरकारले विजनेश नदिँदा प्रतिनिधि सभा बैठक प्रभावकारी हुन सकेको छ । यसबीचका सबै बैठक सामान्य औपचारिकतामा मात्रै सीमित भएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ३१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क