४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल फर्निचरको क्यालेन्डर बिमोचन



बुटवल । बुटवल फर्निचर उद्योग संघले नया वर्ष २०७८ को भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ ।

सोमबार एक समारोहका बिच संघका सल्लाहकारहरु माधव पौडेल, बोनिन पिया, साबित्रा टण्डन, नरेश श्रेष्ठ, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, अध्यक्ष सुरेन्द्र ज्ञवालीले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेका हुन ।

कार्यक्रममा बोल्दै सल्लाहकार माधव पौडेलले फनिर्चर उद्यमीहरुको हितलाई मध्येनजर गरि तयार गरिएको वार्षिक कार्ययोजनाहरुलाई विशेष ध्यानमा राखेर संचालन गर्न सुझाव दिए ।

कार्यक्रममा अध्यक्ष सुरेन्द्र ज्ञवालीले संघसंस्था भ्रमण, तालिम, अन्तरक्रिया, अनाथअपाङ आश्रमलाई सहयोग लगायत कार्यक्रम निरन्तरता दिएको बताए । यसैगरि रोजगार र श्रम विकाससंगै उद्योगीहरुलाई लेखा परिक्षण तालिम दिएर ब्यवस्थित गराउने काम प्राथमिकतामा रहेको उनले बताए ।

कार्यक्रममा प्रथम उपाध्यक्ष तेज प्रसाद पराजुली, द्घितिय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव असोक कुवर, कोषाध्यक्ष नेत्र रुचाल, भित्तेपात्रो प्रकासन समितिका संयोजक काशी पोखरेलले सबै उद्योगी, ब्यवसायीहरुको सहयोगमा भित्रेपात्रो प्रकाशन गर्न सफल भएको बताए ।
कार्यक्रममा महासचिव अशोक कुवरले निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डेको संयोजकत्वमा विधान सशोधनसंगै सल्लाहकार विष्णु कुमार श्रेष्ठको संयोजकत्वमा संघको भवन निर्माण सम्पन्न भएसंगै बाकि कार्यालय ब्यवस्थापनका कामलाई अघि बढाएको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ३६ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा